एक युवतीले बलात्कारबारे मुख खोल्दा अस्ट्रेलियाको राजनीतिमा आएको हलचल



दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले अस्ट्रेलियालाई स्तब्ध तुल्याइदिएको थियो । ब्रिटनी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले आक्रमण गरेको बताएकी थिइन् । उनले सन् २०१९ मा आफूसँगै सरकारी मन्त्रीको कार्यालयमा सत्ताधारी लिबरल पार्टीका सल्लाहकारका रूपमा कार्यरत ती व्यक्तिले बलात्कार गरेको बताएकी थिइन् ।

हिगिन्सले आफूमाथि भएको आक्रमणबारे बताएपछि अस्ट्रेलियाको राजनीतिमा रहेको भनिएको यौन हिंसा र दुर्व्यवहारबारे आफ्नो अनभुव सार्वजनिक गर्न अरू महिलाहरू अगाडि आएका छन्।

त्यसमध्ये सबैभन्दा विस्फोटक घटना सन् १९८८ मा भएको भनिएको बलात्कार हो। जसमा नाम नखुलाइएका एकजना मन्त्री आरोपित बनेका छन्।

प्रधानमन्त्री स्कट मोरिसनले ती मन्त्रीले बलात्कारको आरोप अस्वीकार गरेको सोमवार बताए । उनले उक्त घटनाबारे अनुसन्धान गर्न अधिकारीहरूलाई भनेका छन् । तर न्यू साउथ वेल्स राज्यको प्रहरीले पर्याप्त प्रमाणको अभाव रहेको भन्दै मङ्गलवार त्यस विषयमा अनुसन्धान बन्द गरेको छ।

एकजना विपक्षी सांसद विरुद्धको बलात्कारको अभियोग सम्बन्धी घटना पनि अधिकारीहरू समक्ष पठाइएको छ।

यस्ता आरोपहरूको सङ्ख्या बढी रहँदा त्यस सम्बन्धी उठेका प्रश्नहरूको जबाफ मोरिसन सरकारले दिनुपर्ने सार्वजनिक दबाब पनि बढिरहेको छ । उनी २४ वर्षकी थिइन्। नयाँ जागिरको केही हप्तामात्र भएको थियो। सन् २०१९ को मार्च महिनामा एकजना वरिष्ठ सहकर्मीले उनलाई बाहिर रात्रीकालिन घुमघामपछि संसद् भवन लगेका थिए ।
धेरै मदिरा पिएकाले उनी मन्त्रीको कार्यालयमा निदाइन्। उनका अनुसार ब्युँझिएपछि पुरुष साथीले यौन आक्रमण गरेको पत्तो पाइन् । र यौन आक्रमणको आरोपमा नभइ सुरक्षा कानुन अवज्ञा गर्दै अबेर राती मन्त्रीको कार्यालयमा गएको भन्ने कारण देखाएर ती व्यक्तिलाई केही दिनपछि बर्खास्त गरियो ।

यसैबीच हिगिन्सले तत्कालीन प्रतिरक्षा उद्योग मामिला मन्त्री लिन्डा रेनोल्डसलाई आफूमाथि यौन हमला भएको बताएकी थिइन्।

कुराकानी त्यही कोठामा भएको थियो जहाँ उनले आफू बलात्कृत भएको बताएकी थिइन्। मन्त्रीले उनलाई साथ दिने वचन दिँदै प्रहरीमा उजुरी गर्न सल्लाह दिइन्।

तर हिगिन्सले आफूले जागिर गुमाउन सक्ने दबाव अनुभव गरेको बताइन्। लिबरल पार्टीले आफूलाई ’चुप लगाएको अनुभव भएको’ उनी बताउँछिन्। तर जब ज्यानुअरी महिनामा प्रधानमन्त्री मोरिसनले यौन हिंसाका शिकार भएकाहरूको पक्षमा आफूलाई प्रस्तुत गरिरहेको तस्बिर देखेपछि आफूले बेहोरेको घटनाबारे बोल्ने निधो गरेको सुनाइन्।

बुवा होइन् देशको अभिभावक चाहियो
हिगिन्सले घटनाबारे मुख खोलेको एक दिनपछि प्रधानमन्त्री मोरिसनले दुई वर्षअघि सरकारले उनको गुनासोप्रति गरेको व्यवहारलाई लिएर क्षमा मागे ।
उनले संसद्मा काम गर्ने संस्कार र राजनीतिक कर्मचारीकालागि उपलब्ध सहायताको व्यवस्थाका सम्बन्धमा अनुसन्धान गर्ने वाचा पनि गरे । तर आफ्नी श्रीमतिले दुई छोरीहरूकाबारे सोच्न भनेपछि आफूले हिगिन्सको घटनालाई राम्ररी बुझ्न सकेको भन्ने खाले अभिव्यक्ति दिएपछि प्रधानमन्त्री सार्वजनिक रूपमा आलोचनाको निशानामा परेका छन्।

‘उनले मलाई भनिन्ः ’तपाईँले यसबारे एकजना बुवाको रूपमा सोच्नुपर्छ। हाम्री छोरीहरूमाथि त्यस्तै भएको भए तपाईँले के होस् भन्ने चाहनुहुन्थ्यो?’ उनले संवाददाताहरूलाई भनेका थिए।

उक्त मुद्दाका सम्बन्धमा प्रधानमन्त्रीले उनको बुझाइको रूपमा गरेको प्रस्तुतीलाई खासगरी महिलाहरूले भर्त्सना गरेका छन्।

के उनले हिगिन्सको खराब अनुभवलाई गम्भीरतापूर्वक लिनका लागि उनलाई कसैकी छोरीको रूपमा सोच्न आवश्यक थियो? उनीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री र उनका मन्त्रीहरूमाथि प्रश्नहरूबाट जोगिन खोजेको आरोप पनि लागिरहेको छ।

हिगिन्सपछि चारजना अन्य महिलाले पनि स्थानीय सञ्चार माध्यममा आफूविरुद्ध सोही व्यक्तिले यौन हिंसा वा दुर्व्यवहार गरेको बताएका छन्।

एकजना महिलाले सन् २०२० मा रातीको खाना र मदिरा खाएपछि ती पुरुषले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।

उठेका प्रश्नहरू र प्रधानमन्त्रीको प्रतिवद्धता
उनले द अस्ट्रेलियन समाचारपत्रलाई भनेकी छन्, ’’यदि सन् २०१९ मा भएको घटनाका सम्बन्धमा सरकारले कदम उठाएको भए सन् २०२० मा मसँग त्यस्तो हुँदैनथ्यो।’’

निर्वाचन स्वयंसेविका रहेकी अर्की महिलाले पनि सन् २०१६ मा रात्रीकालिन भ्रमण, नाइट आउट, मा गएका बेला ती पुरुषलेआफूलाई बलात्कार गरेको बताएकी छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसद्मा रहेको कार्यसंस्कृतिका बारे एक अनुसन्धान सुरु गरेका छन्।

तेस्रो महिलाको आरोप छ, सहकर्मीहरूसँगै सामूहिक रूपमा रातीको खाना खाइरहेका बेला सन् २०१७ मा सोही पुरुषले उनको तीघ्रामा हात लगेका थिए। समाचार संस्था एबीसीका अनुसार हिगिन्सले बोलेपछि ती महिलाले पनि प्रहरीमा उजुरी गरेकी छन्।

गत बुधवार चौथो महिलाले पनि news.com.au लाई सन् २०१४ मा आफूलाई ती पुरुषले दबाव दिएर यौन सम्बन्ध राखेको बताएकी छन्।

पछिल्ला १५ दिनमा सार्वजनिक भएका आरोपहरूले अस्ट्रेलियाको राजनीतिक संस्कृतिका साथै लामो समयदेखि चल्दै आएको महिलाहरू विरुद्ध लिङ्गका आधारमा हुने विभेद र स्त्रीद्वेषबारेको बहसलाई लिएर कैयौँ गम्भीर प्रश्नहरू उठाइदिएका छन्।

प्रधानमन्त्री स्वयम्ले संसद् र कार्यस्थलको संस्कृतिमा समस्या रहेको स्वीकार गर्दै त्यसबारे काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । तर सरकारले यस विषयमा कदम चाल्नुपर्छ भन्ने माग निरन्तर बढीरहेको छ।

फ्रान्सिस् माओ
बीबीसी न्यूज, सिड्नी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन