अभिनेतालाई नेता ठान्ने मूर्ख हामी कोही बन्नु हुँदैन



भीम उपाध्याय ।
एमाले र माओवादी एकीकरण गरेका ओलीलाई माओवादीले सर्वश्व चढाउन थियो र ? आधा आधा अवधि आलोपालो प्रधानमन्त्री बनेर सरकार चलाउने नीतिका आधारमा यी दुई दलबीच एकीकरण भएको थियो । यो सबै ओलीका लागि एकछत्र प्रधानमन्त्री बन्ने दाउ मात्र थियो र ?

संविधानले २ वर्षसम्म प्रधानमन्त्रीउपर अविश्वासको प्रस्ताव ल्याउन नपाउने भएकोले सरकार स्थीर जस्तो देखिएको थियो । सर्पको खुट्टा सर्पले देखिसकेका थिए । प्रचण्डले संविधानको धारा ७६(२) बमोजिमको संयुक्त सरकारको नेतृत्व गर्न दिएर ओलीलाई प्रधानमन्त्री बनाएका हुन्। प्रचण्डले नदिएको भए ओली प्रधानमन्त्री बन्ने नै थिएनन् । प्रधानमन्त्री बनिसकेपछि गणतन्त्र र संघीयताका प्रणेता प्रचण्ड संघीयता एवं गणतन्त्र विरोधी नेता ओलीको निवास बालुवाटार दिनदिनै तारन्तार बारम्बार धाउने गर्नु नै महानिर्लज्ज काम थियो । ओली भने दिनदिनै विद्याको निवास धाईरहँदै गरे।

प्रचण्डको समर्थनमा संयुक्त सरकार बनाउने तर संघटक दलका प्रमुख नेतालाई नै बेवास्ता गर्नुको परिणाम अहिले एमाले ध्वस्त हुन पुगेको छ । भष्मासूरको हविगत हुँदैछ । अब कि ओली ध्वस्त कि नेकपा ध्वस्त, अरू कुनै विकल्प छैन । सरकार जो सुकैको नेतृत्वमा जस्को बनोस् ।
मैले ओलीको चालढाल सुरूको १ वर्षसम्म देखेपछि लगातार निरन्तर सचेत गराईरहेको थिएँ । मैले मत दिएर विजेता भएका दलको सरकार सही बाटोमा हिडेको छैन, दोश्रो मातृका कोइराला जन्मदै छ, दोश्रो चाउचेस्कू हुन बेर लाउँदैन भन्दै आएको थिएँ ।

अब नेकपाको बहुमतको सरकार बनाउने कि अरू दलहरूसंग मिलेर संयुक्त सरकार बनाउने त्यसको साँचो प्रधानमन्त्री ओलीको हातमा छ । तर, ओली प्रम त रहन्नन् । म प्रधानमन्त्री नरहे नेकपाबाट अरू कोही पनि नेता प्रधानमन्त्री बन्न दिन्न– यही ओलीको अहिलेसम्म नीति र अडान रहँदै आएको हो ।

यो अवस्थाका मूख्य दोषी ओली, प्रचण्ड र बामदेव हुन् र हुनेछन् भन्दै आएको थिएँ । मति भ्रष्टहरूले बुद्धिमानको कुरा कहिल्यै सुनेको ईतिहास विश्वमा कतै छैन । जे हुनु छ भएको छ, कौवालाई बेल पाकेको छ । नो चिन्ता, नो फिक्री । बिहे नगरिदिने बाउको बाख्राको घोर भत्काईदिएको छ ।

दुनियाँमा कर्मको फल सबैले भोग्छन्, यो नियम अकाट्य छ । मान्छे नमर्लान् तर ठूलो दुर्घटना र गम्भीर घाईते भईसकेको छ, र जीवनपर्यन्त अपांग जीवन बाँच्न अभिशप्त भएका छन् । जैसा करनी वैसा भरनी !

साँढे पाल्ने रहर गरेर मात्र हुँदैन, त्यसलाई तह लाउने र नार्ने क्षमता र ल्याकत पनि राख्नुपर्छ । छाडा साँढेले दुनियाँको बाली सोत्तर पारिदिन्छ । साँढेलाई मज्जाले डाम्न पनि नसक्ने र साँढेले मास्यो भनेर रोईलो मात्र गर्ने नेता हुदैनन्, ती बढीमा अभिनेता हुन्छन् । अभिनेतालाई नेता ठान्ने मूर्ख हामी कोही बन्नु हुँदैन ।

म नेपालका कथित ठूला तर फन्टुस नेताहरूको अन्तर्वार्ता हेरेर समय वर्बाद गर्न मान्छे हैन । ईमान र ईन्टिग्रेटी नभएका नेताहरूको बोली र गराईमा कहिल्यै मेल हुँदैन । नेताहरूको म गराई मात्र हेर्ने गर्छु। गराई हेर्दा तिनका बोली जति वाहियात अरू केही लागिदैन । बोली नै त म तिनीहरू भन्दा पनि बढी मिठो र राम्रो गर्न जानेकै छु भन्ठान्छु । तिनका भन्दा पेट पाल्ने सिप मेरै बढी राम्रो छ, पेट पाल्न तिनको पाउ मोल्नेमा न म कहिल्यै परेको थिएँ, न अब पनि पर्नेछु। पढेर अनुभवी भएर दुनियाँ बुझेर देशको सेवा गरेर म यति सक्षम भएको हुँ, नेताहरूबाट सिक्न सक्ने कुनै सिप र गुण मैले अहिलेसम्म भेटेको छैन। ती राज्यको जिम्मेवार पदमा भएकाले कामको सन्दर्भले समादर गरेको हो, तिनका योग्यता, सीप र अनुकरणीय चरित्रका कारणले हैन। मैले तिनीहरूबाट सिक्न सक्ने केही कुनै कुरा आजसम्म भेटाउन सकेको छैन। म आकर्षित पनि छैन, तर समाजमा संगै बसेपछि सम्बन्ध भने रहन्छ नै।
तर ड्याम केयर ! अब सती जान पर्ने भयो भन्नेहरूको रोईलो छ बजारमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय