अब फेरि टाउको गन्ती, ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सर्वोच्चको फैसलापछि राजनीतिक दलहरुबीच उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा बढेको बताएका छन् ।

बिहीबार सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले जनताको चाहना राष्ट्रिय सहमति भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल/नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ । देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्; नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छः प्रधानसेनापति थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुदा सुरक्षामा मात्र होइन,

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन

यो एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैनः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता हामी

‘देशले फेरि लकडाउन धान्न सक्दैन, खोप ल्याउन उच्च कुटनैतिक पहल गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।