कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपालीलाई धन्यवादः देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । महेन्द्र नारायण निधिको ९९ औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्याउन नसक्ने अवस्था आए त्यसअघिनै राजीनामा दिनु उचित हुने बताएका हुन् ।

तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले राजीनामा दिन दवाव नदिने बताए । सभापति देउवाले सर्वोच्चको फैसलाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको उनले बताए ।

देउवाले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि की त आफ्नो बहुमत पुरयाउनुपर्यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’

कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताए । उनले भने,े ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो