प्रधानमन्त्रीविरुद्ध पुस ५ मा दर्ता भएको अविश्वास प्रस्ताव जीवितै



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएको छ । पार्टीको संसदीय दलको अनौपचारिक बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् ।

संसद शुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने उनले बताए । सर्वोच्च अदालतको फैसला अनुसार संसदको अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए ।

प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि उनले बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका