केपी ओलीको भ्रम थियो, अब सबै भ्रममुक्त हुनुस्ः प्रचण्ड(भिडियोसहित)



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने आदेश गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई अब अलिकति लाज भए राजीनामा दिन आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा रहेका अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलापछि आयोजित कार्यक्रमलाई मंगलबार साँझ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब राजीनामा नदिए ओली कुडाकर्कटमा मिल्किने उल्लेख गरेका हुन् ।

उनले केपी ओलीको भुलभुलैवामा भुलेर गएकाहरुलाई पार्टीमा फर्किन समेत आग्रह गरेका छन् । ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा स्वागत गर्न आफू तयार रहेको भन्दै अध्यक्षले फर्किन सबै समक्ष अपील समेत गरेका छन् ।

उनले भने–‘केपी ओलीको भ्रम थियो, अब सबै भ्रममुक्त हुनुस्, र सबै काममा फर्किनुस् ।’ उनले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता समक्ष आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद