कहिलेसम्म तमासे बन्ने ?
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहेका अरु तमासे भएर बस्न नहुने बताएका छन् । शनिबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘खड्गप्रसादले संविधान/कानून/लोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहने, अरू तमासे बनिरहने ? प्रतिनिधिसभा विघटन ! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेशप्रमुख बर्खास्त ! सचिव र कर्मचारीहरूको पजनी ! फाष्ट ट्रयाक,तल्लो अरूण झ्वाम ! नभुलौं–हिटलर लोभी÷कायरकै काँध चढेर आएको थियो ।’
अर्को प्रसंगमा भट्टराईले आफैले घोषणा गरेको चुनावी सरकारले ठूला योजनाको टुंगो र ठेक्का गर्न नमिल्ने पनि बताएका छन् ।
भट्टराईले लेखेका छन्, ‘कुनै भ्रम नरहोस् म ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी हैन । बरू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत/चीन/अमेरिका/जापान सबैसँग BIPPA सम्झैता गर्नुपर्छ भन्ने मान्छे हुँ । तर अहिलेको आफैंले घोषणा गरेको’चुनावी सरकार’ले यस्ता ठूला योजनाको टुंगो/ठेक्का गर्न मिल्दैन!’