पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने कांग्रेसको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले आगामी भदौ ७ गतेदेखि १० गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको जानकारी दिए ।

यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेसन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार पनि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

वीरगञ्ज (पर्सा)  । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि