‘बास्कोटाले ओलीको संरक्षण पाउनु दुर्भाग्यपूर्ण थियो’



नारायण गाउँले ।

एउटै प्रोजेक्टमा सत्तरी करोड़सम्म कमिशन मागिएको अडियो नै सार्वजनिक भएपछि हतारहतार गोकुल बाँस्कोटाको राजीनामा आयो !
प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष संलग्नता रहेको उक्त प्रोजेक्टमा छानबिन अघि बढेको भए ओली अप्ठेरोमा पर्ने निश्चित थियो ।

तत्काल पक्राउ गरेर छानबिन गर्नुपर्ने त्यस्तो संवेदनशील मुद्दामा उल्टै बाँस्कोटाले ओलीको संरक्षण पाउनु दुर्भाग्यपूर्ण थियो । ओली दाहिना भएपछि अख्तियार अघि बढ्नु त परको कुरा, गोकुल बाँस्कोटाले अख्तियारको भेषमा आफ्ना मान्छे कार्यालय पुऱ्याएर प्रमाणपत्र गायब पारे ।

यो अर्को ठूलो अपराध थियो । पार्टी बैठकमा गोकुलमाथि छानबिन हुनुपर्ने माग उठ्यो, तर ओलीले त्यो जरूरी नभएको भनेर टारिदिए !
बिस्तारै यो मुद्दा सेलाउँदै गएपछि ओलीले त गोकुलको बचाउमा त्यो भिडियो सक्कली नभएको सम्म भन्न भ्याए ! जबकि एक दिनमैं अडियो परीक्षण गरेर सत्यतथ्य पत्ता लगाउन सक्ने प्रविधि देशभित्रै थियो । नक्कली अडियो भएको भए आरोप लगाउनेलाई कारबाही गर्न सकिन्थ्यो ।

आज गोकुलहरू छातीमा ओलीको फोटो टाँसेर सुशासन र लोकतन्त्रको रक्षाका लागि प्रवचन दिँदै छन् र ओली भ्रष्टाचारीको मुख नहेर्ने भाषण गर्दै छन् !
अडियोले एउटा प्रोजेक्ट तुहियो । नतुहिएका अन्य प्रोजेक्टको रमझम सड़कदेखि पोल-पोलसम्म देख्न पाइएकै छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि