संसद पुनःस्थापना नभए त्यसलाई सहज रूपमा नलिने प्रचण्डको चेतावनी



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने चेतावनी दिएका छन् ।

मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीका कारण देश राजनीतिक संकटको भुमरीमा परेको बताए ।

उनले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको तर अदालतले संविधान विपरीतको उक्त कदम उल्ट्याइदिने आफूहरुको विश्वास रहेको बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनःस्थापना नहुने दाबी गर्दै हिँडेको आरोप लगाए। उनले भने, ‘त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौं ।’

सर्वोच्चले सही फैसला गर्नेमा आफूहरुको विश्वास रहेको भन्दै अध्यक्ष प्रचण्डले फैसला गलत ढंगले आएमा कसरी अगाडि बढ्ने भन्ने कुरा त्यसैबेला निर्णय गर्ने बताए । विभिन्न विदेशी शक्तिहरूको आआफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति केवल प्रधानमन्त्री ओली जिम्मेवार रहेको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समयमा हिन्दू धर्म तथा राजावादीहरूसँग ओलीको हिमचिम बढेका आधारहरू रहेको बताए । उनले भने, ’पशुपतिमा दीप प्रज्ज्वलन, ३० करोडको जलप, राममन्दिर र अयोध्याका कुरा अनि ठीक नारायणहिटी सामुन्ने सभाको आयोजनाले केही न केही सङ्केत गरिरहेको छ ।’

छलफलमा अर्का अध्यक्ष माधवकुमार नेपालले यो लडाइँ पदको निम्ति नभई न्यायको निम्ति भएको बताए । उनले ओलीलाई सत्ताको मात लागेको तानाशाहको सङ्ज्ञा दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने