वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । एकमन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । प्रधानमन्न्त्रीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएकी थिइन् ।
त्यसविरुद्ध परेका एक दर्जन भन्दा बढी रिटमाथि सर्वोच्च अदालतमा बहस भइरहेको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।

त्यसैगरी बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।