अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकताः डा. रिजाल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले कसैसँग नमिली एक्लै आन्दोलन गर्नुपर्ने बताएका छन् ।

सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनले बताए । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनको भनाइ थियो ।

महामन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लैजान सके कांग्रेसको भविष्य उज्वल रहेको बताए । कार्यक्रममा नकेपाको प्रचण्ड– नेपाल समूहका नेता रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए ।

अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने बताए । पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनले बताए । रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छे अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने