‘त्यो बाटोले देशलाई कहाँँ पुर्‍याउँछ र कसलाई फाइदा गर्छ भन्ने हामीले देखिसकेका छौं’



डा. विश्व पौडेल ।

आज एकजना दिदीसँग पनौतिमा भेट भयो। भुकम्पको बेला ति दिदी ससुराले बनाएको पुरानो घरमा साना छोरा र छोरीसँगै थिइन। श्रीमान नभएकी एकल महिला उनले भूकम्पले घर चर्केपछि के गर्ने सोच्न सकिनन्। सम्पत्ति जम्मा एक रोपनी र त्यो घर मात्र थियो। वचत लगभग १५ हजार रुपैयाँ।

भुइचालोको तुरुन्त पछि केही समय बालुवाको, रडको, सिमेन्टको, इट्टाको भाउ बढेको थियो। पानी पनि पर्न थालेको थियो। त्यतिकै अलपत्र बस्न पनि सक्ने स्थिति थिएन। घर बनाउन पनि सकेकी थिइनन्। घर भत्काउन मात्र मानिसहरुले २ लाख पचास हजार रुपैयाँ मागे।
सहुलियत ऋण वैंकहरुले दिएनन्। उनको गाउँमा वाणिज्य बैंकबाट घर बनाउन सहुलियत ऋण पाउने कोही छन् जस्तो उनलाई लाग्दैन। चर्केको घरमा सधैं बस्ने कुरा पनि भएन। उनी सहुलियत ऋणको लागि सबैतिर धाइन। अन्तमा १६ प्रतिशत जति व्याजदरमा विन्दवासिनी सहकारीबाट ऋण लिइन्।

दलित समुदायकी ति दिदी अहिले व्याज सकिनसकी तिर्छिन्, साँवा तिर्न सकेकी छैनन्। सानो छोरा आमा, त्यो एक रोपनी जग्गा बेचेर भएपनी ऋण तिरौं भन्छ। भएको त्यो एक रोपनी जग्गा पनि बेचेर ऋण तिरेमा यो छोराको पछि उठिवास हुनेभयो भन्ने सोचेर हिँड्दाखेरी पनि मेरो खुट्टा हल्लन्छ, मुटु काम्छ भनेर ति दिदीले भनिन्।

मेलामा पनि हप्ताको तीन,चार दिन भन्दा काम पाइँदैन । अहिले व्याजमात्र तिर्नसकेको छु, कुन दिन जग्गा लिलामी गरिदिन्छ कि भनेर डराएको छु भनेर भन्दै गर्दा तिनको स्वर काप्यो।

बैंकमा सहुलियत ऋण नपाएको बाहेक उनको शिकायत व्यक्तिहरुसँग थिएन। वडाध्यक्षले पनि उनलाई राहत पाउन सहयोग गरेका थिए, नगरपालिका कर्मचारीले पनि एकल महिलाहरुलाई कार्यक्रमहरुमा प्राथमिकता दिने गरेको कुरा उनले महसुस गरेकी थिइन। उनी खाली आफू बसेको गरिबीको खाल्डो कति गहिरो छ, त्यो खाल्डोमा अरु कति पुस्ता परिराखिने हो र त्यो बाट बाहिर निस्कने बाटो के हो भन्ने मेसो नपाएर आत्तिएकी थिइन्।

आज हामी जुन विन्दुमा छौं, त्यहाँबाट दुई खालका बाटो देखिन्छन्। एक, सरकारले आर्थिक गतिविधी बढाउन मेहनत गर्छ, रोजगारी सिर्जना गर्छ, गरीब गुरुवालाई भनेर ल्याइएका ऋण, सिपका कार्यक्रम ठगी खाने भाँडो बन्न दिँदैन। रोजगारी सिर्जना भनेको प्रधानमन्त्री रोजगार कार्यक्रमको जस्तो क्षणभंगुर हैन, दिगो रोजगारी हो, निजी क्षेत्रको स्पिरिटमा आधारित। अर्को, ति दिदीलाई नलडी मुक्ति पाइँदैन, तिम्रो छोरा लड्नलाई हामीलाई देउ भन्दै माग्न आउनेहरुबाट तिनी प्रभावित हुनसक्छिन्।त्यो बाटोले देशलाई कहाँँ पुर्‍याउँछ र कसलाई फाइदा गर्छ भन्ने हामीले देखिसकेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा