केपीले पश्चताप गरेर पछि नहटे ठूलो जनआन्दोलनः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको आन्दोलन थप सशक्त हुने बताएका छन् ।

बिहीबार आमहड्तालका क्रममा सडकमा प्रदर्शनमा निस्केका अध्यक्ष प्रचण्डले आजको आमहड्ताल यसको सुरुवात मात्र भएको बताए । उनले माघ २८ गते काठमाडौंमा सशक्त विरोध प्रदर्शन हुने र फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन सुरु हुने बताए ।

उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजसँग संयुक्त आन्दोलनका लागि छलफल भइरहेको जानकारी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली पश्चाताप गरेर नआए आन्दोलनबाटै निरंकुशताको अन्त्य गर्ने चेतावनी दिए ।

उनले अहिलेको लडाइँ केपी ओली र प्रचण्ड तथा माधव नेपाल र ओलीबीच नभई प्रतिगमनविरुद्ध भएको बताए । उनले नागरिक समाज, पत्रकार, विभिन्न संघसंस्था प्रतिगमको विरोधमा सडकमा आएकाले प्रतिगमन परास्त हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

  काठमाडौँ ।  मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु