ओलीसँग खरिद विक्री नहुन बहिर्गमित जनमुक्ति सेनालाई प्रचण्डको आग्रह



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा केपी ओलीको जंगली राज सुरु भएको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो आफूहरुलाई जंगली भन्नेहरुले देशमा जंगलीराज सुरु गरेको बताएका हुन् ।

संविधान नमानी जथाभावी रुपमा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति त्यसैको संकेत भएको उनले बताए । अध्यक्ष प्रचण्डले सरकारले बहिर्गमित जनमुक्ति सेनालाई खरिद गर्न सक्ने भन्दै त्यसको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘हामीहरुविरुद्ध हिजो पनि षड्यन्त्र थियो र आज पनि गर्दैछन् । हिजो तपाइँ हाम्रो टाउकाको मूल्य तोक्नेहरु अहिले पनि टाउको खोज्दैछन् । पैसा दिएर लैजान खोज्छन् । हामीलाई भेडाबाख्रा जस्तो खरिद विक्री गर्न खोज्दैछन् केपी ओली ।हामीले माया भावना नजोड्ने र उनीहरुले जोड्ने कहीँ हुन्छ ? त्यसमा होशियार हनुपर्छ।’

उनले आफूले जनयुद्धका बहिर्गमित लडाकू, घाइते, अपांगको सुविधा, उपचारका लागि पटक पटक प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गरेपनि भएको सुविधासमेत कटाएको बताए । उनले भने,‘ राज्यकातर्फबाट दिइने सुविधा केपी ओली सरकारले हटाएको छ । प्रधानमन्त्री र गृह मन्त्रालयमा गएर बढाउनु पर्यो भनें मैले । माइतीघरमा अनसनमा बसेका घाइतेहरुलाई लाठी हानियो । तीन पटक गृहमन्त्रीलाई त्यसो नगर भनें तर मानेनन् । प्रचण्डका चेला हुन् भनेर हान्ने काम गरियो । त्यसमा मलाई कति पीडा भयो । उपचार खर्च, जिविकोपार्जन गर्न खर्च बढाउँ भन्दा हिजो अपमानित गर्ने तर अहिले पार्टी फुटाएपछि प्रचण्डले के गरे ? यही हो हेरेको ? कालीबहादुर खाम कहाँ छन् भन्छन् ? खामलाई सिध्याउ केपी ओली गुटले के के गरे सबै थाहा छ । घाइते अपांगले हेरेको छ प्रचण्डले भन्छन् । त्यसको नियत के हो ? कालीबहादुर खामलाई माया गरेर खोजेको हो केपीले ?’

उनले आफूले अहिलेपनि हिम्मत नहारेको र निरंकुशताविरुद्धको लडाईंमा छिट्टै विजयप्राप्त गर्ने बताए । उनले पूर्वजनमुक्ति सेना, बहिर्गमित लडाकूलगायत जनयुद्धमा लागेका सबैलाई समेटेर सम्मान र सुविधाको व्यवस्था गर्ने बताए । उनले निरंकुशताविरुद्धको लडाईंमा सबैलाई एकठाउँमा आउन आग्रह गरे । उनले भने, ‘मैले हिम्मत कति पनि हारेको छैन । केही महिनाभित्र जित्छौं । त्यसपछि परिचयपत्र लगायतका सबै काम हुन्छ । हामी फेरि आन्दोलनमा छौं त्यो आन्दोलन तपाईं हामीहरुका लागि उत्सव हुनेछ । सरकारले जे मनलाग्यो त्यही गरिरहेको छ । त्यसलाई रोक्नुपर्छ । आफ्नो निष्ठा नछाडौं । हिजोको पनि तपाईँहरुलाई मैले कमाण्ड गरेको थिए र आजपनि गर्न चाहन्छु ।’

राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यही हो भनेर आफूले शान्ति सम्झौता गरेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । उनले भने, ‘यो हाम्रो कारणले भएको हो भनेर गर्व महसुस गर्ने कि वर्वाद भयो भन्ने ? तर यो जनयुद्धका सहिदहरुका निम्ति पनि सम्मान र खुसीको कुरा हो । मुलुक गणतन्त्रमा रुपान्तरण भएको छ ।’ उनले आफूले जनयुद्धमा होमिएका कमाण्डरहरुको सम्मान गरेको बताए । उनले भने, ‘जनमुक्ति सेनाको एक नम्बर फिल्ड कमाण्डर भनेको नन्दबहादुर पुन उहाँ उपराष्ट्रपति हुनुभयो । उहाँलाई गरेको सम्मान त व्यक्तिलाई मात्र गरेको होइन । सबैको सम्मान हो ।’

उनले निरंकुताविरुद्धको आन्दोलनपछि अब सबै बहिर्गमित,अवकास सबैलाई प्रदेशस्तरीय कमिटी बनाएर संगठित गर्ने निर्णय गरेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो

किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई