‘दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए’
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएकी छन् । बुधवार ट्वीटमार्फत झाँक्रीले दुनियाँ यही पर्खाईमा रहेको र पार्टीले गरेको संघर्ष खेर गएको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘दुनियाँ यही समयको पर्खाईमा थियो । मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब ? दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए । हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’