यहाँ भाषण गर्ने र नाभी अन्तै जोडिएकाहरुलाई अब जिताउनु हुँदैनः प्रधानमन्त्री



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा निर्वाचन हुने भएकोले ढुक्क हुन आश्वस्त पारेका छन् । शनिबार चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा चुनाव हुनेमा आश्वस्त पारेका हुन् ।

उनले भने, ‘केहीले चुनाव गराउनका लागि मिति तोकेकै होइन भनेर गलत हल्ला फैलाइरहेका छन् । ढुक्क हुनुस्, चुनाव तोकिएको मिति वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ । त्यसको तयारीमा लाग्नुस् ।”

उनले वैशाखमा हुने निर्वाचनमा जनताको हितका काम गर्ने र विकासप्रमी उम्मेदवारलाई जिताएर पठाउसमेत मतदाताहरुलाई आग्रह गरेका छन् । उनले भने, “यहाँ भाषण गर्ने र अन्तै नाभी अन्तै जोडिएकाहरुलाई अब जिताउनु हुँदैन । विकासप्रेमीलाई नेतालाई जिताएर पठाउनुस् ।”

प्रधानमन्त्री ओलीले पार्टी फुट्यो भनेर पीर नगर्नसमेत कार्यकर्तालाई आश्वस्त पारेका छन् । उनले भने, “पार्टी फुट्यो भनेर पीर नगर्नुस् । पिलो निचोरेर शरीरको तौल कम हुँदैन । पार्टी एक ढिक्का छ । केही चित्त नबुझेकाहरु चोइटिएर अलग भएका हुन् ।”

नेकपा नफुटेको भन्दै उनले केही मान्छे बाहिरिएको बताए । उनले भने “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उनले भने, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।”

विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उनले बताए । अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उनले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा