हामीलाई चाहिएको विदेशी लगानी होइन, इमान्दार नेता र स्वच्छ प्रशासन



डा. युवराज संग्रौला ।

कृषिमा प्रविधिको आवश्यकता छ । हामीले ल्याउने प्रविधि हो । कथित लगानीका नाममा मोन्साण्टो भित्राउन खोज्नेले जमैकाको हालत हेर । देखाउ भुटानमा कस्को लगानी छ । विदेशीको जुठो खान पल्किएकाहरु नै त्यस्ता भाइरस हुन जसले गुलामी गर्छ ।

कृषिमा सरकारले किसानलाई संरक्षण गर्नुपर्ने अवस्था छ । राज्यले ठूल्ठूला फार्महरु निर्माण गर्नु पर्छ, र सहकारी खेतीका लागि किसानहरुलाई सहयोग गर्नुपर्छ । भारतले तरकारी उत्पादकलाई सब्सिडी दिएका कारण नेपालको बजारमा नेपाली किसानको कन्तबिजोग छ । मलमा भ्रस्टाचार हुन्छ। उदारवादका नाममा हिजो खुलेका चिनीमिल, जुट मिल, कट्न उद्योग सबै कौडीका दाममा बेचे । अहिले कृषिमा विदेशी लगानीका कुरा गर्दै छन् ।

१. हिजो चियाबगान निजीकरण गरे । हजारौं बिघा सरकारी जमिनमा लगाएको चियापत्ती बेचेर व्यापारी धनी भए, तर मजदुरको शोषणको सीमा छैन । अब ती बगान मास्दै छन् । अब बगान मासेर प्लटिंङ्ग हुन्छ । लगानीका नाममा जमिन ओगट्ने माफियातन्त्रले राम्रो योजना बनाएको छ।कति कमायो राज्यले निजीकरणबाट । यी चिया बगान समाप्त पारेर जनताले के पाए ?

२. ५० वर्ष भयो अलैंची उत्पादन भएको ? अलैंची प्रशोधनमा लगानी आएन । सबै अलैंची भारत जान्छ । अलैंची प्रशोधन गर्ने उद्योगमा लगानी गर्दिएको भए किसान धनी हुन्थे ।

३. उखु किसानको बिजोग छ । किन लगानी आएन चिनी उत्पादनमा ? प्रश्न लगानीको होइन, प्रश्न नेपाली जनताको संरक्षणको हो ।
४. अब विदेशी लगानीका नाममा जग्गा कब्जा हुन्छ ।

५. नेपाली किसानलाई सक्षम बनाउन होइन, कृषिलाई आधुनिक गर्ने होइन, वैज्ञानिक गर्ने होइन बरु नेपाली किसानलाई मोन्सान्टो ल्याएर उन्मूलन गर्ने होला ! जब कथित पढेका अल्पज्ञानीको बिगबिगी हुन्छ, तब देशको आत्मा मर्छ । विदेशी लगानीका नाममा नेपाली किसानले दूध, तरकारी तथा फलफुलमा गरेको धेरथोर उपलब्धी समाप्त गरिदिएपछि नेपाल भारत र चीनको बजार हुन्छ । मलाई गाली गर्नेहरु भुटान गएर हेर कसरी हुन्छ देशको विकास।

देशमा बस्न नसक्ने अनि विदेश गएर राष्ट्रवादी भनेर फोहोर ओकल्ने को पीडा खप्नु म जस्ताको नियती हो । हो, म यो देशमै बसेर देश बनाउन सकिन्छ भन्ने मानिस हुँ । यो देश हामी आफैंले बनाउनु पर्छ। हामीलाई चाहिएको विदेशी लगानी होइन, इमान्दार नेता, स्वच्छ प्रशासन र भ्रष्टाचार बिहिन माहौल हो । माफियाको उन्मूलन हो । एक दिन त्यो दिन आउने छ । नसामा रगत बगेको देखिन्न, तर बग्छ । असल चराहरु बास बस्न राम्रो रुख खोज्छन् । मैले विदेशीको टट्टी खाएको छैन । नेपाली किसान र राष्ट्रको पक्षमा उभिन डर पनि छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर