सबै नागरिकलाई कोभिडविरुद्धको खोप निःशुल्कः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड १९ विरुद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले खोप अभियान सुरुवात भएसँगै कोभिडविरुद्धको लडाईं नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले भने, ‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ।’ उनले माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान गरे ।

प्रधानमन्त्रीले सबै नागरिकलाई यो खोप निःशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन् । उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खोप उपलव्ध गराएकोमा विशेष धन्यवाद दिए । त्यसक्रममा उनले अन्य देशसँग समेत खोपवारे कुराकानी भइरहेको र भारतसँग थप खोप किन्ने पहल भइरहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक