निर्वाचन देशद्रोही तत्वलाई ठेगान लगाउने अवसर होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विघटन अलोकतान्त्रिक भएको भन्दै विरोध गर्नेहरु लोकतन्त्र विरोधी भएको आरोप लगाएका हुन् ।

उनले संसद पाँच वर्षसम्म जागिर खाने स्थायी जागिर नभएको भन्दै जनताका पक्षमा काम नगर्नेहरुको मूल्यांकनका लागि निर्वाचनमात्र विकल्प भएको बताए ।

उनले भने, ‘ देशलाई अस्तव्यस्त बनाउने, देशलाई बहुमतको सरकार तोडेर जोडजाम सरकार बनाएर स्थिरताको नाटक गर्ने अनि संसदमा पाँचवर्षसम्म जागिर खान पाउनुपर्ने तर्क गर्छन् । यो स्थायी जागिर हो ? देशको सेवा नगरेर अर्काको निर्देशनका काम गरेपछि जनताको ताजा जनादेशका लागि जानु विकल्प छैन ।’

उनले जनताको पक्षमा काम नगर्ने सांसदहरुलाई निर्वाचनमा दण्ड र का गर्नेलाई पुरस्कृत गर्न आग्रह गरे । प्रधानमन्त्रीले आफू तानाशाह नभएको बताए । उनले भने, राम्रो काम गरे नगरेको मूल्यांकन गरी पुरस्कृत गर्ने कि दण्ड दिने तपाइँहरु फैसला गर्नस् भन्दा म कसरी तनाशाह भए ? मैले त लिएको छैन मै शासनमा रहन्छु भनेको छैन । अलमलमा नपर्नु देश अगाडि बढेको छ र अगाडि बढ्छ ।’

प्रधानमन्त्रीले निर्वाचन देशको अहितमा काम गर्ने देशद्रोही तत्वलाई ठेगान लगाउने अवसर भएको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज