पार्टीमा विधि पद्धतिको उपेक्षा र अवज्ञा हुन नपाओस्ः नारायणकाजी श्रेष्ठ



नारायणकाजी श्रेष्ठ ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमकाविरुद्ध हाम्रो पार्टीद्वारा शुक्रबार राजधानीमा आयोजित बिरोध प्रदर्शन तथा सभा बिशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ । केपी ओलीजी सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पद्धतिको पालनामा हो ।

अब हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ । त्यसको निम्ति संघर्ष गर्नुपर्दछ । तव मात्र हामी आफ्नो प्रतिवद्धताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं । हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानकारी बिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैनथियो ।

संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेला नै जोडले कुरा उठाउनु जरुरी थियो । विधि पद्धतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा हामीले शुरुदेखि सशक्त संघर्ष गर्नुपर्दछ । ख्याल गरौं, हाम्रो अबको एउटा मुख्य चुनौति हिजो हामीले कुरा उठाए अनुसार बिधि पद्धति अनुसार पार्टी सञ्चालन गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद