पूर्वजनमुक्ति सेनालाई ओलीको आश्वासनः नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाको त्याग र योगदानको सम्मान गर्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वजनमुक्ति सेनालाई बोलाएर प्रधानमन्त्री ओलीले विगतमा नेतृत्वले तपाईंहरुको भावनालाई दुरुपयोग गरेको भन्दै आफूले सम्मान गर्ने बताएका हुन् ।

भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले लेखेका छन्, ‘पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै भन्नुभएको छ, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक