रछ्यानमा गरिएको एप्रेन्टिससिप



डा.विश्व पौडेल ।
धेरै पहिला न्युयोर्कमा एउटा माथिको शीर्षकको लेख पढेको थिएँ, तर अहिले गूगल गर्दा भेटिनँ । लेखक पत्रकारको रुपमा करिअर शुरु गर्दाको कथा थियो । त्यो कुनै मिडवेस्टको राज्यको एउटा पत्रिका थियो, इन्टरनेटको युग अघिको । लेखहरु जति सबै हावा । उदाहरणको लागि, “अस्ती जर्मनीको लोवर स्याक्सोनी राज्यको ब्रेमर्हावेन शहरमा मिस एन्जेला ब्रेट दाँत दुखेर जचाउन डाक्टर म्याक्सिमिलिआन कुटको क्लिनिकमा गइन् । डाक्टरले दाँत निकाल्नुको सट्टा गल्तिले उनको पुरै जिब्रो निकालिदिए। “ यसो भनेर नक्कली जिब्रो नभएको मुखको फोटो टाँसेर उनीहरुले पत्रिका छाप्थे । जर्मनीको राज्य, शहर, नाम सबै हो जस्तो लाग्ने, तर सबै घटना कल्पना गरिएका । यस्ता सनसनी खोज खबर भएको पत्रिका धेरैले पढ्थे । बिक्री राम्रो हुन्थ्यो । मान्छेले फेक न्युज मन पराउँछन भनेर अहिले त आनिअन लगायतका फेक न्युजका नै पत्रिका छन् । फक्स न्युजले पनि वेलुका प्राइम टाइममा अब न्युज नराखिकन भ्युज मात्र भएका शो राख्ने रे भन्ने सुनेको छु । न्युजमा फक्सका दर्शकको रस नै छैन सबै भ्युज र फेक न्युजको माग गरेर बसेका छन् ।

त्यसो त नेपालमा म हुर्कदैं गर्दा पनि फेकन्युजको बिगबिगी थियो। हिन्दी कादम्बिनीमा आएका हावा खबरहरु उल्था गरेर नेपालीमा छाप्ने पनि गरिन्थ्यो । सरकारी गोरखापत्रले छाप्ने युवामञ्चमा चीनमा मरेको मान्छेलाई कुनै जीवन रसमा राखेर जिउँदो बनाइयो,अमेरिकामा कुनै पुरुष गर्भवती भए र केही समयमा नै बच्चा पाउन लागेका छन् भन्नेदेखि लिएर एलिएनहरु आएर अमेरिकाको एरिजोना राज्यको कुनै मानिसलाई लिएर गएको र फर्कने बेला भएको जस्ता खबरहरु पढियो । कतिपय त फोटो सहित हुन्थे । मान्छेका नाम दिइएका हुन्थे । “नाम सहित दिएका छन्, गलत त के होला?“ जस्तो लाग्थ्यो ।

आजकाल यो फेकन्युजको र न्युजको सट्टा भ्युज पस्कने आतंक खबरहरुमै देखिन थालेको छ। खबरहरु भित्रै प्याराग्राफका प्याराग्राफ भ्युज देखिन्छ। लामो समयसम्म मैले पुरुष गर्भवती भएको , मरेको मान्छेलाई जिउँदै बनाउन सकिएको जस्ता खबर पत्याएको थिएँ । अहिले पनि कसलाई कसको दलाल भन्नेदेखि विदेशी लगानी आयो भने देश कंगाल हुन्छ भन्ने सम्मका फेक न्युज पत्याउदै हुर्कने नेपाली युवाहरु कती हुनेहुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग