यो विरोध प्रदर्शन कास्टिङ मात्र हो, फिलिम सुरु हुन बाँकी छः माधव नेपाल



काठमाडौं । नेकपाको प्रचण्ड -नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि खड्ग प्रहार गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट संविधानमा खड्ग प्रहार भएको बताएका हुन् ।

उनले भने, के भनेको खड्ग हो, उहाँको बुद्धि नै खड्ग प्रहार गर्ने हो ।’ उनले यो विरोध प्रदर्शन कास्टिङ मात्र भएको भन्दै फिलिम सुरु हुन बाँकी रहेको बताए । उनले प्रधानमन्त्री ओलीले पार्टी हित विपरीत गरेकाले स्पष्टीकरण सोधेको र जवाफ कुरिरहेको बताए । उनले भने, हामीले उहाँर्लाी स्पष्टीकरण सोधेका छौं जवाफ दिनुभएको छैन । गल्ती गरें भनेर स्वीकार गरेको चीठी आएको छ कि, कतै विघटन गलत हो भनेर जुुलुसमा सामेल हुन्छु भनेर आउनु हुन्छ कि भन्ने लागेको थियो । अपराध गरेर गल्ती गरेको छु भने केही समय जेलमा हालेर फेरि निकालौला । अपराध स्वीकार गरे सुरुमा पनि माफी दिन सक्छौं ।’

उनले नेकपा केपी ओलीसँग झुक्नेछ भन्ने भ्रममा नपर्न चेतावनी समेत दिएका छन् । उनले भने, ‘भ्रममा नपर्नुस् नेकपा अब ओलीसँग झुक्ने छैन । कसैलाई शंका लागेको होला कतै यीनीहरु मिलेका होलान् भन्ने त्यसाबाट मुक्त हुनुस्।’ अध्यक्ष नेपालले ओली पार्टीका सिद्धान्तलाई कसरी मिच्नुभयो भन्ने कुरा विगतका श्रृंखलाबाट स्पष्ट हुने बताए ।

उनले भने, ‘पार्टी सिध्याउने काम कसरी गर्नुभयो । प्रधानमन्त्रीको रुपमा मुलुकलाई कसरी भ्रष्टाचार मौलाउन दिनुभयो । कुनै कुरामा छलफल गर्न चाहनु भएन । संसदलाई कसरी बेवास्ता गर्नुभयो । यसको पनि छुट्टै मूल्यांकन गरौंला । विदेशीहरुको कुटनीतिक सम्बन्धलाई कसरी उपयोग गर्नुभयो । ओली सिद्धान्त कम्युनिष्ट निष्ठाका व्यक्ति होइनन् भन्ने पुष्टि भयो ।’

उनले संसद विघटन गर्दासमेत कुनै धारा उल्लेख नगरेको कुरा सर्वोच्च अदालतमा थाहा भएको भन्दै उनले यस्तो हावादारी काम गर्ने व्यक्तिको बारेमा जति भने पनि नसकिने बताए । उनले भने, ‘कसरी संसद विघटन गरे । संविधानको धारा खुलाएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यास भनेको छ । ब्रिटेनको हो ? त्यहाँ पाँच वर्ष पाइँदैन । धारा नखुलाएको कुरा सर्वोच्चमा खुलेछ । अनि अर्को चिठी पठाएको छ रे नेपालको संविधानमा त बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन । यो त संवैधानिक कु हो । हिटलरलाई प्रवृत्तीको ओलीसँग कोही नेपाली दास हुँदैनन् डराउँदैनन् ।’

ओलीले जहिले हैरान पारेको बताए । उनले मनपरी काम गर्नका लागि छुट नपाउने भएपछि ओलीले यो कदम चालेका बताए । उनले भने, ‘४४१ जनाको केन्द्रीय कमिटीमा ३ सय भन्दा बढी आजित भएका थिए । अब ओली १०० जनामा सीमित भए । तीन सय बढी की एक सय बढी हुन्छ ? बहुमत नभएपछि राजीनामा दिनुपथ्र्यो । उहाँ यस्तो मान्छे हुनुभयो कि घरमा झगडा भयो घरकै मान्छे सिध्याइदिने, पार्टीमा झगडा भयो पार्टी सिध्याउने उहाँलाई साइबर सेना मनपर्छ, अरिगाल मनपर्छ ।’ अध्यक्ष नेपालले आफूहरुले पनि अब आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा