राष्ट्रियता के हो ? कसरी यसको संरक्षण हुन्छ ?



केशवप्रसाद भट्टराई ।
१. राष्ट्रियताको रक्षा र प्रवद्र्धन भनेको व्यक्ति, संस्था, समाज, संस्कृति र परम्पराको रक्षा पनि हो ।
मुलुकभर कुण्ठा, घृणा, कटुता, निन्दा तथा भ्रमको बिस्कुन लगाउनु घोर राष्ट्र विरोधी कार्य हो ।

२. हामीले सामाजिक सञ्जाल र मिडियामा पोख्ने गरेका,कुण्ठा,घृणा,कटुता, निन्दा तथा भ्रमपूर्ण र आधारहीन टिप्पणी र विश्लेषणले मुलुकमा न्युनतम विश्वास र सद्भावको राजनीतिक र सामाजिक पूँजीलाई ध्वस्त पारेको छ ।

३. राष्ट्रियता भनेको त्यस्तो विश्वास र सद्भावको राजनीतिक, सामाजिक र सांस्कृतिक पूँजी पनि हो ।
राष्ट्रियताको नाउँमा हामी त्यस्तो विश्वास र सद्भावको राजनीतिक, सामाजिक र सांस्कृतिक पूँजी समाप्त पारेर मुलुकको राष्ट्रियतालाई कमजोर ,लाचार र निरीह बनाइरहेका छौँ !
यसले मुलुकका समस्त सम्भावनाहरूलाई पनि निचोरिरहेको छ ।
आम जनताका आशाहरूलाई मारेको छ ।
विश्वासलाई सखाप बनाएको छ ।
देश यसरी उठ्दैन !
सुखी र समृद्ध पनि बन्दैन !

४. पार्टीहरू,तिनका भातृ र शुभेच्छुक संगठनहरु, पेशागत संगठनहरूले आफ्ना पदाधिकारीहरू र सदस्यहरूलाई सधैं जिम्मेवारीपूर्वक आफ्ना कुरा मिडिया र सामाजिक सञ्जालमा राख्न सिकाउने कि ?
आचार संहितामा तिनलाई पनि समेट्ने कि ?
उल्लङ्घन गर्नेलाई दण्ड पनि दिने व्यवस्था गर्न सकिन्छ कि ?
नेता र कार्यकर्तालाई अवसर प्रदान गर्दा त्यसलाई आधार बनाउन हुन्छ कि ?
त्यस्तो गर्नु दल, तिनका भात्री र शुभेच्छुक सँस्था र कथित नागरिक समाजको दायित्व
बन्दैन र ?

५. विदेशी र विधर्मीको रोहवरमा उनीहरूलाई खुशी पार्ने र त्यसवापत ठूलो परिमाणमा धन, पद ,प्रतिष्ठा र राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचार पाउने उद्देस्यले हिजो मुलुकको इतिहास विरूद्ध,
राजसंस्था विरुद्ध, हिन्दुधर्म विरूद्ध, समाज , परम्परा र संस्कृती विरूद्ध निन्दा, घृणा,कुण्ठा, झूठ र भ्रम पोख्नु सम्म पोखियो ! त्यसैलाई क्रान्ति मानियो, त्यसैलाई विद्वता मानियो !
आधुनिक र प्रगतिशील सोच मानियो ।
मुलुकलाई गाली गर्नु, अपमानित र लाञ्छित गर्नु उदार र सभ्य हुनु ठहराइयो ।
त्यसैको बलमा राजनीतिक दलहरूको सांगठानिक पूँजी निर्माण गरियो ।
भोट बटुलियो !
सत्ता र सरकारमा पुगियो

६. आज राजसंस्था छैन,
हिन्दूधर्म खेदिएको छ
समाज, परम्परा र संस्कृति ध्वस्त पारिएको छ ।
तर मुलुकभरी फैलाइएको त्यस्तो निन्दा, घृणा, द्वेष, कटुता, झूठ र भ्रमका भाइरसले त मुलुकलाई नै खर्लप्प पारिसकेको छ !
अनि त्यसले आज सवैतिर आफ्नो ताण्डव प्रदर्शन गरिरहेको छ ।

७. कहिले कहिँ “खुच्चिङ्“ जस्तो त लाग्दछ !
“कत्तिको खायौ“ जस्तो पनि लाग्छ !
तर फेरी समाज त चाहियो !
नयाँ समाज निर्माण पनि गर्नु पर्यो !
राष्ट्र पनि चाहियो !
सरकार र दल पनि चाहियो !

८. रोगका किटाणुबाट नै रोगविरूद्धको खोपको आविष्कार गरिए जस्तै
दलले भित्राएका ती निन्दा,घृणा, द्वेष, कटुता, झूठ र भ्रमका आपराधिक सोच , अभ्यासको अन्त्य गर्ने र गराउने कार्य
दलहरुबाट नै हुनुपर्ने देखियो ।
दलले भित्राएको विकृतिको अन्त्य दलबाट नै गराउने भरमग्दुर प्रयाश त गर्नै पर्यो नी होइन र ?

९.  नभए त निन्दा, घृणा, द्वेष, कटुता, झूठ र भ्रमको बलमा दुई ठूला र शक्तिशाली. मुलुक वीचको असफलबन्दै गाएको राज्य कसरी बाँच्ला ।
राजनीति कसरी र कतिन्जेल धानिएला ?

एउटा कुरा राष्ट्र भनेको दल पनि हो !
दलका नेता र कायकर्ता पनि हुन् !
त्यसैगरी राष्ट्र भनेको राजा पनि हुन् !
हिन्दु धर्म, परम्परा र संस्कृति राष्ट्र हो !
इतिहास राष्ट्र हो,
इतिहासका पात्र राष्ट्र हुन् !
राष्ट्र भनेको मुलुकको भविष्य चिन्तन पनि हो ।
स्कूल, कलेज अस्पताल,गैरसरकारी सामाजिक, सांस्कृतिक,आर्थिक संगठन,मिडिया, उद्योग, व्यापार, व्यवशाय, सडक , नदी, पाखा, पर्वत , वन जङ्गल र त्यहाँका जीवजन्तु , वनस्पति सबै राष्ट्र हुन् ।

१०. राष्ट्र भनेको प्रणाली हो ।
त्यसैले राष्ट्र जोगाउन सिङ्गो प्रणाली जोगाउन पर्दछ ।
घृणा, निन्दा, कुण्ठा, झूठ, आडम्बर, असहिष्णुता र अराजकता भने न राष्ट्र हो न राजनीति हो ।
ती त राष्ट्र र राजनीतिका महा दुष्मन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय