केही नयाँ सोच्नुहोस्, सबैले सबै ठाउँमा प्याच–प्याच बोल्नुपर्छ र ?



नारायण गाउँले ।
उसो त साह्रै अजासु बनेर जहाँ पायो त्यहाँ सुझाव दिने आफ्नै बानी सुधार गर्न सकिएको छैन । र, पनि नेपाल प्रचण्डवाला नेकपालाई एउटा सानो सुझाव नि ! इमान र नियत भन्ने त त्यस्तै हो, तपाईंहरूसँग प्रशस्त मुद्दा र एजेन्डा छन् । तर, तपाईंहरूसँग बोल्ने विषय र कला भने सकिए जस्तो छ ।

केही नयाँ सोच्नुहोस् ! सबैले सबै ठाउँमा प्याच–प्याच किन बोल्नुपर्छ र ? अब यसै पनि आफूलाई पुग्ने गरी सबैले सबै कुरा बुझिसकेका छन् । देश, सुशासन र संविधानकै चिन्ता हो भने ४० उमेरको पुस्ता अगाडि सार्नुहोस् र हामी कुर्सीको लाइनमा छैनौं भन्नुहोस् !
कम्तिमा माइक देख्यो कि आफैं बोल्नुपर्ने लोभ त सुधार गर्न सकिन्छ नि ! चुनाव त होइन यो । एउटा सभामा एक जनामात्रै बोल्नुहोस् न । जति धेरै बोल्यो त्यति गल्ती हुन्छन्, बोली पनि त्यति नै पातलो हुन्छ ।

उही नेता, उही गन्थन, उही व्यक्तिगत आक्षेप, उही तर्क..सुन्दा सुन्दै दिक्क लाग्दो हुँदो रहेछ । यस्तै हो भने ओलीको चतुर बोली र शासनसत्ताको साधनस्रोत अगाडि तपाईंहरू चारै खाना चित् हुने देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विप्लवजी, माफी चाहन्छु

नारायण गाउँले । तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले

पार्टीको आधिकारिकता विवाद छिटो निरुपण गर्न आयोगलाई प्रचण्ड–नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी विवादको निरुपण छिटो गर्न निर्वाचन आयोगलाई आग्रह

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई

मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः महासचिव विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले सरकार र आफूहरुबीच भएको