ओली प्रवृत्तिको मेजर अपरेशन गर्नु जरुरी छः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई काठमाडौं केन्द्रित गरी निर्णायक बनाइने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनलाई निर्णायक बनाउन युवाहरुलाई आग्रह गरेका हुन् ।

उनले प्रतिगमनविरुद्धको आन्दोलनलाई निर्णायक बनाउन आफूहरुले जुनसुकै कदम चाल्ने बताए । उनले माघ नौ गतेको प्रदर्शनमा दुई लाख मानिस उतार्ने बताए ।

उनले भने, ‘हामी शीर्ष नेताहरु तपाइँहरुको अगाडि लागेर आन्दोलनमा हिंड्छौं । घेरा तोड्न परे हामी लाग्छौं अगाडि हामी टाउको फुटाउन तयार छौं ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने र आफैं न्यायाधीश बन्ने गरेका कारण पार्टी जोगाउन उनलाई कारबाही गरिएको बताए । उनले भने, ‘भ्रष्टारीलाई संरक्षण गर्ने काम गर्नुभयो । अख्तियारमा मुद्दा परेको मान्छेलाई किन न्यायाधीश बनेर सफाइ दिनुुन्छ ?’

अध्यक्ष प्रचण्डले ओलीको भनाई र गराई ठीक उल्टो भएकाले कम्युनिष्ट आन्दोलन जोगाउन र पुनःसंगठित गर्नुको विकल्प नभएको बताए । उनले ओली प्रवृत्तिको मेजर अपरेशन गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘हामीभित्र तपाइँको रोग सर्छ कि भनेर हामी डरायौं । तपाइँलाई मेजर अपरेशन गर्न जरुरी छ । नत्र यसले पार्टीलाई सखाप पार्छ । जस्तो कोरोना सर्छ नि, हो त्यस्तै संक्रमण सर्छ भनेर हामी अपरेशन गर्न लागेका हौं । केपी प्रवृत्तिको अपरेशन आवश्यक छ ।’ उनले प्रधानमन्त्री ओलीलाई हटाउने कारबाही गर्ने मात्र आफूहरुको उद्देश्य नभएको बताए ।

आफूहरुले चुनावमा जाँदा जनतालाई विशेष सहुलियत दिनेछौं, रोजगारी सृजना गर्नेछौं भनेका थियौं । त्यसैलाई लागू गर्न प्रधानमन्त्रीले नमानेपछि अहिलेको अवस्था सृजना भएको उनको भनाई थियो ।

उनले भने, ‘बजेटबारे प्रधानमन्त्रीले कहिल्यै पनि छलफल गर्न चाहेनन् । श्रमजिवी बर्गलार्य न्याय दिने काम गरेनन् । दलाल र पूँजीपतिलाई प्रश्रय दिने बजेट ल्याए । यसबाट कसरी कम्युनिष्ट आन्दोलन जोगिन्छ ?’ उनले अब पार्टीलाई देशव्यापी पुनःसंगठित गर्ने काममा लाग्ने बताए । उनले मनलाग्दी पाराले केन्द्रीय समिति बिस्तार गरेर ओली समूहले नौटंकी गरिरहेको बताए । उनले भने, ‘एक सय जना केन्द्रीय सदस्य लिएर हिँडेका छन् । हामीसँग दुई तिहाई सदस्य छन्। उनीहरुले निर्वाचन आयोगमा लाजै नमानी पत्र लेखेको पढें आज । तर निर्वाचन आयोगले रातलाई दिन र दिनलाई रात पक्कै भन्ने छैन । सूर्य चिन्ह र पार्टीको नाम हाम्रै हुनेछ ।’

उनले अदालतले संविधानको अक्षर र भावनालाई हेरेर निर्णय गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । उनले आफूहरु केपी ओली जस्तो मलामी जाँदा हास्ने र जन्त जाँदा चिन्तित बन्ने खालको नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।