यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ !



नारायण गाउँले ।

यो राजनीति भन्ने पनि साह्रै घटिया चीज हुँदो रहेछ !
१-उता परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेट दिएनछन् । यता मान्छेमा खुशीको सीमा छैन । यता जस्तो सामान्य गुप्तचरलाई पनि बेडरूममैं भेट्न दिएजस्तो अन्त कहाँ हुन्छ भन्दै शेयर गरेका छन् ।

जे भए पनि देशका परराष्ट्रमन्त्री हुन् । भेट भएको भए पक्कै द्विपक्षीय सम्बन्धबारे छलफल गर्दा हुन् । केही लाभ भए हुने देशलाई नै हो । निजी चुनाब खर्च पक्कै माग्ने थिएनन् । देशको मन्त्रीलाई अरूले नगन्दा समेत खुशी हुनुपर्ने राजनीति पनि धिक्कार छ !

२-हिजो आफ्नै पहलमा प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने अधिकार कटौती गरिएको धाक लगाउने सुवास नेम्बाङ् नामका निकम्मा नेताले आज प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने बताएछन् । हिजो बोलेको हिजैका लागि हो रे । ओलीबाहेक अरूले पो विघटन गर्न नमिल्ने व्यवस्था गरिएको उनको आशय देखियो । यस्ता दुई जिब्रे र नैतिकताहीन नेताको सभापतित्वमा बनेको संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्नु पनि धिक्कार छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका