संसद विघटनको विरोधमा कांग्रेसद्वारा देशभर प्रदर्शन, असंवैधानिक कदमको टुलुटुलु हेरेर नबस्ने चेतावनी



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार देशभर प्रदर्शन र विरोधसभा गरेको छ । देशका विभिन्न स्थानमा भएको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

चितवनमा भएको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन राष्ट्रद्रोही कदम भएको बताएका छन् । संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएकोमा प्रधानमन्त्री ओलीले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाए ।

उनले चुनाव आइहाल्यो भन्दैमा आत्तिन नहुनेसमेत बताए । काठमाडौंको बसन्तपुरमा भएको सभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताए । उनले प्रधानमन्त्री ओलीले आफैंलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताए । मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ? नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’

संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो । त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू कतै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न