एक दुई महिना हामीले सडकमा मेहनत गर्नु जरुरी छः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र अहिले देखिएको लडाइँ पदको लडाइँ नभएको बताएका छन् । मंगलबार पोखरामा प्रचण्ड- नेपाल समूहको गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको लडाइँ विचारको भएको बताएका हुन् ।

उनले अहिले आफूहरुको लडाइँ विधि र पद्दति मान्ने र नमान्नेबीच रहेको बताए । उनले पार्टी एकताका बेला गरिएको सहमतिको केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा केही कुरा पनि उल्लेख नगर्ने र स्वीकार पनि नगरेको बताए ।

उनले माओवादी जनयुद्ध लडेका केही साथीहरु केपी ओलीको समूहमा लागेको देख्दा आफूलाई अचम्म लागेको बताए उनले भने,‘जनयुद्ध कुहिएको फर्सी हो भन्ने केपी ओलीको भाषण सुन्न गएको देख्दा मलाई लाज लागेको छ । । माओवादी जनयुद्धले राजनीतिक परिवर्तनका लागि भूमिका खेलेको भनेर केपी ओलीले गरेको हस्ताक्षर कीर्ते हो त ? यो कुरा क्रान्तिकारीका लागि स्वीकार हुन सक्नदैन । जनयुद्धले राजनीतिक परिवर्तनमा भूमिका खेलेको भनेर हस्ताक्षर गर्ने अनि अहिले कुहिएको फर्सी हो त ?’ उनले यो लडाइँ भर्खर देखा नपरेको भन्दै पार्टी एकता भएदेखिनै सुसुप्त रुपमा भइरहेको बताए । उनले गत माघमा भएको केन्द्रीय कमितिको बैठकपछि यसले ठूलो रुप लिएको बताए । पार्टी एकताले सफलता पाउँदै गर्दा ओली र उनका निकटहरुलाई असह्य भएर एकता भत्काउन थालेका बताए ।

उनीहरुलाई प्रचण्डले पार्टी खाने भयो भनेर पूर्वएमाले र पूर्वमाओवादी भनेर पूर्वसमूह बनाउने कसरत उनीहरुबाट भएको र त्यो अहिले बाहिर आएको प्रचण्डले बताए । उनले जवज परित्याग गर्ने माधव नेपाल नभई केपी ओली भएको बताए । उनले भने, ‘मलाई कदम कदम सबै थाहा छ । जवजका बारेमा पार्टी एकताका बारेमा बैठक चलिरहँदा माधव नेपालले जवजलाई राखौं भन्दा ओलीले अस्वीकार गरे । मदन भण्डारी र जवजलाई छाडेर हस्ताक्षर गर्ने ओली नै हुन् । समाजवाद उन्मूख जनताको जनवादमा सहमति भयो । त्यो प्रधानमन्त्री पद प्राप्तीका लागि मात्र गरेको रहेछ भन्ने पुष्टि भयो । यति ठूलो बेइमानी कहाँ हुन्छ ?’

पार्टीभित्र बहस चलेको नाममा ओलीले संसद भंग गर्ने काम गरेका भन्दै त्यो क्षम्य नहुने बताए । उनले भने, ‘ पार्टी भित्र त विवाद भइत रहन्छ नि । विवाद नहुने पार्टी नै हुँदैन । विवाद नहुने भनेको त त्यो साम्यवाद हो । त्यसबेला पार्टी नै रहँदैन् । म पनि दुई पटक प्रधानमन्त्री भएँ माधवजी पनि प्रधानमन्त्री हुनुभयो । तर हामीले त राजीनामा दिँदा पार्टी त विभाजन गरेनौं नि । झलनाथ खनाल प्रधानमन्त्रीबाट राजीदिन लगाउने भनेर हस्ताक्षर गर्ने केपी ओली हुन् । तर प्रधानमन्त्रीबाट राजीनामा दिँदा खनालले पार्टी विभाजन गर्नु भएन त ।’ पार्टीको विधानमा बहुमतको निर्णय मान्ने भन्ने छ तर उहाँ सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति सबैमा अल्पमतमा परेपछि बैठकको सामना गर्न नसकेर यो कदम चालेको उनले बताए ।

उनले भने, ‘ट्रान्सपरेन्सीले नेपालको प्रधानमन्त्रीले भ्रष्टाचारमा सहयोग गर्यो भनेर प्रतिवेदन सार्वजनिक गर्यो । हामीले यसलाई तपाइँले सहयोग गर्नुपर्यो भनेर भन्यौं । छानविन गरौं भन्यौं । यस घटनापछि केन्द्रीय कमिटी बैठकले उहाँलाई प्रधानमन्त्रीबाट छाड भन्थ्यो होला । तर उहाँले फेस गर्नसक्नु भएन । कोभिड १९ को बेला भ्रष्टाचार भयो छानबिन गर भन्दैमा अनि पार्टी विभाजन गर्ने, संसद विघटन गर्न पाउने भन्ने कहाँ छ ?’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई जनतालाई भेडाबाख्रा नठान्न चेतावनी दिए । उनले प्रश्न गरे, ‘तपाईँ खण्डन गर्न सक्नु हुन्छ जनतालाई भेडा बाख्रा ठानेको हो ? ओली जी तपाइँ हो गणतन्त्र सम्भव छैन भन्ने समावेशी चाहिँदैन भन्ने अरु कोही होइन ।’ उनले नेता कार्यकर्तालाई पार्टीको नाम र चुनाव चिन्ह आफूहरुकै हुने भएकाले ढुक्क हुन आग्रह गरे ।

उनले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुने बताए । उनले भने, ‘तपाइँहरु ढुक्क हुनुस् सर्वोच्चले संसद पुनःस्थापना गर्छ भन्ने मलाई विश्वास लागेको छ । अन्यथा भयो भने सबभन्दा ठूलो बल भनेको जनताको बल हो । सर्वोच्चले असंवैधानिक कदमलाई सही भन्ने छैन । गिरिजाप्रसाद दुई चार सय मान्छे लिएर रत्नपार्कमा बस्नु हुन्थ्यो । उहाँको टाउको पनि फुट्यो । तर उहाँले संसद पुनःस्थापनाको अडान छाड्नु भएन र भई छाड्यो । साथीहरु हो संसद पुनःस्थापना हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

एसीसी पुरुष यु–१६ इस्ट जोन कपः नेपालद्वारा जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको