प्रचण्डले कू गर्न खोज्दा ओलीले जोगाउनुभयोः मन्त्री थापा



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेको आरोप लगाए ।

प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटनका लागि कदम चालेको बताए । ‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि कू गर्नु खोज्नुभयो,’ थापाले भने, ‘देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए ।

नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने उनको भनाई थियो । नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताए । उनले भने, ‘धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो ।’

अब देशभर चुनावको लहर चल्दै गएको दाबी गरे । तपाईंले प्रचण्डलाई धोका दिएर जानुभयो नि भनी सोधिएको प्रश्नमा उनले आफूले जीवनमा कहिले कसैलाई धोका नदिएको बताए ।

उनले भने, ‘बरु प्रचण्डले समकालिन नेताहरुलाई धोका दिदै आउनुभयो ।’ उनले प्रधानमन्त्री ओलीमाथि पनि प्रचण्डले धोका दिएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ ।’

आफ्ना लागि मन्त्री बन्ने ठुलो कुरा नभएको दाबी गरे । पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको बताए । प्रतिनिधिसभा बिघटनबारे उनले भने, ‘यो कानुनी भन्दा पनि राजनीतिक निर्णय हो ।’ प्रधानमन्त्रीलाई राजनीतिक निर्णय गर्ने अधिकार भएको तर्क गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग