आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी र सम्धीको पार्टी होइनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई भगौडाको संज्ञा दिँदै पार्टी छोडेर हिँडेकाको कुरा नसुन्न आग्रह गरेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडेकाहरुको कुरा नसुन्न आग्रह गरेका हुन् । प्रचण्डनेपाल समूह गाली गलौजमा उत्रिएको भन्दै प्रधानमन्त्रीले आफूलाई दन्तबझान गर्न आवश्य नरहेको बताए ।

उनले भने, ‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन। देश बनाउन हिँडेका छौं। उहाँहरूसँग दन्तबझान गर्ने फुर्सद छैन।’ उनले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको दाबी गरे ।

उनले सरकार मुलुक बनाउन लागि परेको, विकास, निर्माणका लागि स्रोतको व्यवस्थापन गरिरहेको बताए । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका नागरिकहरू रोजगारी खोज्दै उत्तराखण्डलगायत भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था अन्त्य गर्न सरकार लागिपरेको पनि बताए । उनले मोटरबाटोले नजोडेको हुम्लालाई पनि सडकसञ्जालबाट विमुख हुन नदिइने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै