वाह्य हस्तक्षेपलाई छेक्ने सवालमा नेपालले इजरायलसँग सिक्न सक्छ



केशवप्रसाद भट्टराई ।
आकार र जनसंख्याको आधारमा संसारको तेस्रो ठूलो, अनि राजनीतिक, आर्थिक, सैनिक क्षमताको आधारमा संसारको पहिलो सर्वशक्तिमान मुलुक अमेरिकाको आन्तरिक राजनीति र परराष्ट्र नीति र सुरक्षा रणनीतिमा सर्वाधिक प्रभाव राख्ने अर्थात् हस्तक्षेप गर्नसक्ने र हस्तक्षेप गरिरहेको मुलुक संसारको सवैभन्दा सानो मुलुकमा गणना हुने इजरायल हो । रूसमा पनि इजरायलको त्यस्तै प्रभाव छ । तर इजरायलको आन्तरिक राजनीतिमा अमेरिका, रूस कसैको प्रभाव र हस्तक्षेप रहँदैन । हो , इजरायलको छरछिमेक नीतिमा अमेरिकी प्रभाव र दवाव भने रहेको छ । येशुको जन्मस्थानको महत्व र यहुदीहरूको सामूहिक शक्तिलाई इजरायलले राष्ट्रिय शक्तिको रूपमा अनुवाद गर्यो ।

साथै, एउटा मरूभूमि प्रदेशको निर्धन राज्यको रूपमा पौने सताव्दी अघि मात्रै जन्मिएको मुलुकले आफ्नो आन्तरिक क्षमता, देशभक्ति, उद्यमशीलता, ज्ञान र प्रविधिमा आर्जन गरेको श्रेष्ठतासँग इजरायलको धार्मिक शक्ति र महत्वलाई जोड्यो र अजेयी शक्तिको रूपमा उभियो । इजरायल आफ्नै उर्जा र क्षमताले बाँचेको छ , कसैको कृपाको भरमा होइन । इजरायलसँग अमेरिकासँग भन्दा पनि उन्नत युद्ध सामग्री र उपकरण छन् । उसको गुप्तचर प्रणाली संसारकै उत्कृष्ट छ । आफ्ना वरिपरीका मुलुकको हकमा त इजरायलको प्रभावको कुरै नगरौँ । इजरायल अमेरिकाको बलमा क्षेत्रमा हैकम जमाइरहेको छ भन्ने कुरा होइन ।

अमेरिकामा उसको प्रभावको कारण अमेरिका उसलाई सहयोग गर्न वाध्य बन्दछ । पूर्व राष्ट्रपति बाराक ओबामाले पहिलो कार्यकालमा इजरायललाई उपेक्षा गरे । तर दोस्रो कार्यकालमा आफ्नो विजयलाई सुनिश्चित गर्न उनी इजरायली लबीमा आत्मसमर्पण गर्न पुगेका थिए । भारत नेपालको राजनीतिमा त्यस्तै प्रभाव राख्न र हस्तक्षेप गर्न सक्दछ । चीनको विदेश नीति र सुरक्षा रणनीतिमा आफ्नो प्रभाव र उपस्थिति देखाउने क्षमता नेपाल राख्दछ । तर हाम्रो राजनीति कठै !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप