केपी ओली राजनीतिक क्यान्सर हुन्ः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिएका छन् । बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले ओलीले कसैको मतियार भएर संसद विघटन गरेकाले उनलाई सडक आन्दोलनबाटै हटाउनुपर्ने बताएका हुन् । भट्टराईले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको समेत बताए ।

उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरेपनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताए । भट्टराईले ओलीको यस कदमलाई सामान्य अर्थमा नलिनसमेत आग्रह गरे । संयुक्त आन्दोलनबाट मात्र ओलीलाई विस्थापित गर्न सकिने भन्दै उनले ओलीले चुनाव गराउँछन् भन्ने भ्रम नपाल्न कांग्रेसलाई आग्रह गरेका छन् ।

उनले संविधान र व्यवस्थामाथि नै कू गर्ने ओलीलाई नेकपाबाट निस्कासन नगरेको भन्दै प्रचण्ड नेपाल समूहप्रति आशंका व्यक्त गरेका छन् । उनले भने, ‘ निरंकुशता लाद्ने यस्तो व्यक्तिलाई तपाईँहरुले अझै पार्टी निकाल्नु भएको छैन । कतै तपाईँहरु भोलि फेरि मिल्ने हो कि भन्ने सबै आशंका छ । त्यसैले तपाईँहरु यसलाई स्पष्ट पार्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोधलाई

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी