त्यो १७ हजारको भाग बादल, लेखराज भट्ट या टोपबहादुरको नाममा लाग्दैन ?



नारायण गाउँले ।

ओली-थरी नेकपाका कार्यकर्ताले प्रचण्ड पक्षलाई फेरि बाँदरमुडेदेखि १७ हजारसम्म प्रश्न उठाएका छन् ! यो त लासमाथि घृणित र निकृष्ट राजनीति मात्रै भयो ।  -के यी घटना पार्टी एकीकरण गरेपछि घटेका हुन् ? -प्रचण्ड अपराधी हुन् भने यो जान्दाजान्दै तिनलाई महान् अध्यक्ष बनाउनेहरू अपराधी होइनन् ?

-हिजो भर्खर ऐतिहासिक र महान् क्रान्तिकारी एकीकरण भनेको होइन? -मतपत्र च्यात्नु अपराध थियो भने तिनैलाई कामरेड भन्दै जिल्ला कमिटीमा किन ल्याएको ? -त्यो १७ हजारको भाग बादल, लेखराज भट्ट या टोप बहादुर रायमाझीको नाममा पनि लाग्दैन ?

-सर्वोच्चले हत्यारा भनेर जेल नै हालेका बालकृष्ण ढुङ्गेलको गलामा ओलीको तस्बीर झुन्डिने बित्तिकै ती क्रान्तिकारी भए ?

बाँदरमुडेको तस्बीर बेचेर तुच्छ राजनीति गर्नु आफैमा अपराध हो । यो पीड़ितलाई न्याय दिलाउन होइन, आफ्नो गुटप्रति सहानुभूति बटुलेर माथि जानका लागि खेलिएको काइते खेल हो । यो पीड़ितको मनोभावनामाथि अर्को शोषण हो ! कम्तिमा हिजो छोरीका लागि भोट माग्न चितवन झरेका देउबा र प्रचण्डसँग दुबोको माला साटेर मीत लगाएका ओली ग्याङ्सँग यो नैतिकता छैन । भ्रममा नपरौं । भोलि कुनै वैदेशिक शक्तिकेन्द्रले एकै ठाउँ ल्याइदियो भने तिनैले फेरि युगपुरुष प्रचण्ड भनेर जयकार गर्नेछन्, गरेकै हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा