‘तत्काल उपत्यकाको प्रदुषण नियन्त्रणका लागि केही दिन गाडी जोरबिजोर चलाऔं’



-डा. रवीन्द्र पाण्डे ।

हिंजोदेखि काठमाडौं उपत्याकामा वायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ । यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ ।

नेपाल सरकारले बायुप्रदुषण Air Quality Index ३०० भन्दा माथि पुगेमा १ बर्षको लागि आपतकालीन अवस्था घोषणा गर्नसक्दछ । गत साल दिल्लीमा प्रदुषण बढेपछि जनस्वास्थ्य संकटकाल लगाइएको थियो भने आमनागरिकलाई मास्क वितरण गरेको थियो । त्यस्तै बेइजिंगमा बार्बिक्यु समेत गर्न नपाइने लगायतका कडा नियम जारी गरेको थियो ।

Air Quality Index ३०० भन्दा माथि पुगेमा जनस्वास्थ्य संकटकाल लगाउने व्यवस्था भएकोमा हिंजो काठमाडौंको Air Quality Index ४८७ ४८७ पुगेको छ । कोरोना संक्रमणको लागि वायु प्रदुषण, फोक्सोको समस्या तथा जेष्ठ उमेर बढी जोखिम मानिन्छ । यो खालको प्रदुषण नियन्त्रण नगरेमा कोरोना संक्रमितहरुलाई थप जोखिम हुनसक्छ ।
.
तत्काल प्रदुषण नियन्त्रण गर्नको लागि सरकारले केही दिन गाडी जोरबिजोर चलाउने, मालबाहक ट्रकलाई चेक गरेर तथा सफा गरेर मात्र सहरमा प्रवेश गर्न दिने, मापसे चेक गरेजस्तै धुँवा फ्याँक्ने गाडीलाई चेक गरेर मर्मत सम्भार गर्न लगाउने, स्थानीय निकायसँग समन्वय गरेर धुलो हटाउने अभियान संचालन गर्ने, हरियाली प्रबद्र्धन गर्ने लगायतका काम गर्नुपर्दछ ।
.
यस्तो प्रदुषणको समयमा आम नागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम बर्गलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
.
स्मरणीय छ, वायु प्रदुषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्दछ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको