संसद विघटनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने प्रचण्ड-नेपाल समूहको निर्णय



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । त्यसैगरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमकाविरुद्ध अन्य दलसँग मिलेर आन्दोलन गर्न छलफललाई तीब्र बनाउने निर्णयसमेत बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले पार्टी एकीकरणका बाँकी काम पुरा गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो । टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, डा. भीम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकीकरणका बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।

पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा