राष्ट्रपतिविरुद्ध अपमानजनक अभिव्यक्ति दिनेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति राजनीतिकर्मीहरुले नै अशोभनीय, अमर्यादित रुपमा गालीगलौज गरेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् ।

गृह मन्त्रालयमा अखिल नेपाल महिला संघले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अमर्यादित ढंगले राष्ट्रपतिको नाम लिनु दुःखद भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको बताए ।

राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय कार्य भएको भन्दै त्यस्तो कार्यमा संलग्नहरुलाई छानविन गरी कारवाही गरिने उनले बताए । अखिल नेपाल महिला संघले पछिल्लो राजनीतिक घटना क्रमसँग जोडर राष्ट्रपतिको चरित्रहत्या गर्नेगरी अमर्यादित र अशिष्ट भाषा प्रयोग गरी गलत प्रचार गरिएको भन्दै आपत्ति प्रकट गर्दै गृह मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ