प्रचण्डले पार्टी कब्जा गर्ने गतिविधि गरेपछि समस्याः ईश्वर पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताएका हुन् ।

मजदूर विशेष जिल्ला कमिटीले शबिार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे । “प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो”, उनले भने, “एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो ।”

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए । प्रधानमन्त्री ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए । उनले प्रतिपक्षले भन्दा पार्टीभित्रबाटै विरोध हँुदा सरकार सञ्चालनमा समस्या सिर्जना भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ