यसरी बनाइयो कर्मचारीहरुलाई निरीह



भीम उपाध्याय ।
कबाडी नेताहरूको भिजनलेस पाराले नेपाल नरकापुर बन्दै गएको छ । नेपाल निरन्तर झ्यालखानामा परिणत हुन गइरहेको छ । जे कसुर गरे पनि कानुनमा ५ वर्ष जेल सजाय पाउने कुरा सामान्य हुदै गएको छ । ३ वर्षभन्दा बढी सजाय हुने आरोप छ भने २५ दिनसम्म प्रहरी अनुसंधानका लागि भनेर अदालतको स्विकृति लिई हिरासतमा राख्न पाईन्छ भने अदालतमा मुद्दा दायर भएपछि पनि पूर्पक्षका लागि थुनामा पठाउनु पर्ने हुन्छ । साईबर कसुर, सामाजिक संजालमा गाली गलौच, बलात्कार प्रयास, आत्महत्या दुरूत्साहन जस्ता आरोप मात्र लाग्नासाथ, उजुरी दर्ता हुनासाथ जेलमा थुनामा जानुपर्ने भएको छ ।

अर्बौं, खर्बौं ठगी, करोडौं भ्रष्टाचार, जग्गा ठगी, नक्कली नोट छाप्ने, लुट्ने, चोर्ने, गोद्ने, बस, सरकारी भवन, सरकारी गाडी जलाउने, अन्य सार्वजनिक निजी सम्पत्तिमाथि आगजनी, मिसावट, कालाबजारी, तस्करी, तोडफोड, गोली हान्ने, हत्याप्रयासहरू, गुण्डागर्दी जस्ता कसुरहरू बरू सामान्य कसुर जस्ता हुने भएका छन् भने सामाजिक संजालमा बोल्नु, लेख्नु, कसैले कसैलाई आरोप लगाएर उजुरी गर्नु बढी ठूलो सजायसहितको अपराध हुन पुगेको छ । प्रष्ट देवानी मामलालाई पनि फौजदारी अपराध मानेर कानुन बनाउदै मुलुकलाई पुलिस शासनमा पुर्याएर अपराधीहरू मात्र बस्ने देश जस्तो नरकापुर बन्दै बनाईदै छ ।

प्रशासन पीडित जनताले कर्मचारीप्रति जति गुनासो वा गाली गरे पनि हुन्छ, तर कमसेकम राजनीतिक नेता, मन्त्री, प्रधानमन्त्रीहरूले कर्मचारीलाई रेखी नलगाउन् । कर्मचारीको कार्यसम्पादन, कार्यक्षमता, योग्यता, योगदान जेजस्तो भएपनि नेताहरूको भन्दा धेरै राम्रो हुँदै आएको हो । कर्मचारीले देश बनाउछु भनेर हुँदैन, न तिनले त्यो सक्छन्, न तिनको काम हो । तर, नेताहरूले देश, शासन, प्रशासन नराम्ररी बिगार्न चाहेको बेलामा केही अवधिका लागि तिनका गलत हातहरूलाई रोक्ने काम भने कर्मचारीले गर्न सक्छन् ।

बढी बिग्रन दिनबाट देशलाई केही अवधिका लागि जोगाउन सक्छन्। रात रहे अग्राख पलाउन सक्छ । नेपाली कर्मचारीतन्त्रले त्यस्तो जिम्मेदारी आजसम्म पूरा गर्दै आएकोले नै नेपाल यतिसम्म, यहाँसम्म भए पनि जोगिएको छ। आजसम्म चलिरहेको छ र टिकेको हो । तर अब के हुने हो अनुमान गर्न सहज छैन । किनभने कर्मचारीतन्त्रको बेहाल हुनुमा संघीयताको डामाडोल अवस्था जिम्मेदार छ, जसले गर्दा कर्मचारीहरू निरीह बन्न पुगेका छन् ।

अहिलेकै नेताहरूको कार्यसम्पादन मुल्यांकन गरियो भने ती पूर्ण असफल देखिन्छन् । कर्मचारीहरूले आजसम्म हात बाँधेर बसेका भए मुलुकको ब्याट्री उहिल्यै क्षणभरमैं डिस्चार्ज भइसक्ने थियो । तिनले अब झन् हात बाध्न थाले भने भविष्यमा पनि छिटै ब्याट्री डिस्चार्ज हुने संभावना प्रवल बन्दैछ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक