प्रतिनिधिसभा विघटन भएपनि यो सरकार कामचलाउ होइनः संचारमन्त्री गुरुङ



काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार कामचलाउ नभएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ नभएको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भएपनि त्यस्तो अन्यौल र भ्रममा नपर्न आग्रह गरे । सरकारले गरेका सबै काम संवैधानिक भएको तर्क गर्दै मन्त्री गुरुङले संवैधानिक तर्फबाट सरकारले गर्ने निर्णयमा प्रश्न गर्ने ठाँउ नभएको जिकिर गरे ।

त्यस्तै उनले सडकमा राजनीतिक एजेन्डा नदेखिएको र राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको कुरा निन्दनीय भएको बताए । सरकारको विरोध चुनावी एजेन्डा मात्र भएको र सडकमा जाने बाहना मात्र भएको उनले बताए ।

उनले संसद पुनःस्थापनाको माग छोडेर चुनावप्रति लक्षित हुन समेत सबै राजनीतिक दललाई आग्रह गरे । मन्त्रिपरिषद्का निर्णय सुनाउदै उनले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एडिवीबाट प्राप्त हुने अमेरिकी डलर १५६ मिलियन बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरको जानकारी दिए ।

त्यस्तै बैठकले नेपालको सगरमाथा शिखरको उचाई ८८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन १३ औं संशोधन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना