पार्टी विभाजनको संघारमा पुग्दा मुटु चिरिएको अनुभूति गरेको छुः नेता शर्मा



काठमाडौं । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौं अधिवेशनका क्रममा मन्तव्य राख्दै शर्माले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइहेको बताए ।

“वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु”, नेता शर्माले भने, “पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।”

शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधिमूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए । उनले भने, ‘पार्टी एकताबाट जनता खुसी थिए । त्यसको अभिव्यक्ति जनताले निर्वाचनमा गरेका थिए । पार्टी विभाजनको संघारमा पुग्दा मुटु चिरिएको अनुभूति गरेको छु ।” उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे । शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको