के मेरो पार्टीको म मात्रै राम्रो र अन्य सबै नराम्रो भन्ने व्याख्या कतै सुन्नुभएको छ ?



नारायण गाउँले ।

के तपाईंले अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुश, बिल क्लिन्टन या बाराक ओबामालाई झण्डा बोकेर सड़कमा आन्दोलन गरेको देख्नुभएको छ ?
बेलायतमा आफ्नै पार्टीले असहयोग गरेर राजीनामा दिएकी टेरिजा मेदेखि जोन मेजरसम्म पाँच जना पूर्वप्रधानमन्त्री जिउँदै छन्, के ती कहिल्यै सड़कमा आएका छन् ? के मेरो पार्टीको म मात्रै राम्रो र अन्य सबै नराम्रो भन्ने व्याख्या कतै सुन्नुभएको छ ?

हाम्रो अद्भुत ऊर्जा, त्याग र निःस्वार्थ देशप्रेमलाई मान्नै पर्छ !पटकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेकाहरू पनि अमेरिका या बेलायतजस्तो चुपचाप रिटायर्ड भएका छैनन्, सकिएका छैनन् । राजनीति नयाँ काँधमा सुम्पेर आरामको जिन्दगी बिताउने तीव्र मन हुँदाहुँदै पनि, मन र शरीरले नदिँदा नदिँदै पनि देशका लागि र हाम्रो उज्ज्वल भविष्यका लागि ती सड़कमा आउँछन् र पार्टीको जिम्मेबारी बोकिदिन्छन् ।
ती चुपचाप बसेको भए अमेरिका र बेलायतजस्तै बिजनेश कसरी जोगाउने? रोजगारी कसरी बचाउने ? भ्याक्सिन कसरी सबैलाई पुऱ्याउने? समयमा किसानलाई मल र उखुको पैसा कसरी दिलाउने भनेर देश छटपटाई रहेको हुन्थ्यो । महामारीको बढ्दो त्रास र फेरिदो स्वरूपबारे देश चिन्तामग्न हुन्थ्यो होला । बढ्दो संस्थागत र नीतिगत भ्रष्टाचारबारे बहस हुन्थ्यो होला । बढ्दो मानवतस्करी र जनशक्ति पलायन, घट्दो उत्पादन र आकासिँदो व्यापारघाटा, बढ्दो प्रशासनिक खर्च र बजेटघाटाबारे ठूलो चिन्ता हुन्थ्यो होला ।

हेर्नुस् त, आज हामीलाई न अमेरिकाजस्तो कसरी रोजगारी बचाउने भन्ने चिन्ता छ । न बेलायतजस्तो नागरिक जीवन बचाउने आपत छ । नगदे बाली उखु बेचेको पैसा लिन दुई वर्षदेखि आन्दोलन र काठमाडौंको चिसोमा धर्ना दिँदा दिँदै एउटा किसान हृदयाघातले मर्दा समेत हामीलाई कुनै चिन्ता छैन । न हामीलाई अस्पतालमा धरौटी राख्ने पैसा नभएर आमाबुबा सकिने पो हुन् कि भन्ने चिन्ता छ । न महामारीकै बीच मजदुरीका लागि हेपाइ सहँदै बोर्डरमा लाइन लागेर भारत पस्ने नागरिकप्रति कुनै चिन्ता छ ।

यस्तो निश्चिन्त जीवन हामीलाई हाम्रा नेताहरूले दिएको उपहार हो । उहाँहरूले अन्तिम सास रहुन्जेल हाम्रो चिन्ता आफ्नो काँधमा बोक्नुभएको छ । यस्तो ठूलो दया, करुणा र जीवनदानका लागि जाबो जिन्दाबाद र मुर्दावाद भन्न पनि गाह्रो मान्नु निकृष्टता हो । उहाँहरूले हाम्रो लागि आफ्नो जीवन नै सुम्पिनुभएको छ, हामीले उहाँहरूका लागि आफ्ना दाजुभाइको खुट्टा भाँच्न अनकनाउनु कृतघ्नता हो, कायरता हो !
माधव नेपाल जिन्दावाद! केपी ओली जिन्दावाद! शेरबहादुर देउवा जिन्दावाद ! प्रचण्ड जिन्दावाद! अध्यादेश ल्याएर फेरिराख्नुपर्ने संविधान मुर्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा