प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैनः सभामुख



काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै चार महिला संघले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहीबार अखिल नेपाल महिला संघ (अनेम संघ), समाजवादी महिला संघ नेपाल,अखिल नेपाल महिला संघ र विवेकशील साझा महिलाले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श र छलफल गरिरहेको बताए । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै सभामुख सापकोटाले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताए ।

त्यस्तै उनले संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने विश्वास दिलाए । चार महिला संघले संविधानले कल्पनै नगरेको परिस्थिति र दिदै नदिएको अधिकार प्रयोग गरेर संविधान विघटन गरिएको भन्दै संसद पुनःस्थापना गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्न नसकिए संविधान र आमनेपाली जनताको भावना विपरित हुने उनीहरुले ठहर गरेको छ । उनीहरुले भविष्यमा हुने कुनैपनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधिसभा विघटन गर्ने नजिर रहने सम्भावना बढ्ने तर्फ ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने