प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन छ, फैसला कुर्नुको विकल्प छैनः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई द्वन्द्वमा धकेलेके आरोप लगाएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल छलफलमा सभापति देउवाले देश स्थिरताको बाटोमा हिँडिरहेका बेला ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटतर्फ धकेलेको बताएका हुन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने बताए । उनले भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।

देउवाले बीपी कोइराला सिक्किमलाई भारतमा गाभेपछि देशमाथि संंकट आउन लागेको परिस्थितिमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको भन्दै अहिले बीपीको मेलमिलापको सान्दर्भिकता अझ बढेको बताए ।

उनले प्रजातन्त्रमाथि पटक–पटक आक्रमण भएको भन्दै ती सबै प्रयत्न असफल पारेर देशमा गणतन्त्र आएको बताए । उनले देशलाई हिंसामुक्त बनाएर शान्ति स्थापनाका लागि कांग्रेस लागिरहने बताए । कुनै पनि बहानामा एकदलीय शासन प्रणाली आफूहरुलाई स्वीकार्य नहुने भन्दै देउवाले यी कुरा सम्पूर्ण नेपाली जनतालाई बताउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल