म किन सडकमा आउने ?



डा. अरुणा उप्रेती ।

ल्याटिन अमेरिकन देश अर्जेन्टिनामा १४ हप्तासम्मको गर्भपतनलाई त्यहाँको सदनले कानुनी मान्यता दिएपछि ठूलो जुलुस त्यहाँको सडकमा मानौ ठूलो ‘क्रान्ती’ नै भएको छ । नेपालमा हामीहरूले २० औं वर्ष महिला स्वास्थ्यको अधिकार र गर्भपतनलाई कानुनी मान्यता दिने लडाइ लड्दा, र अहिले ‘सुरक्षित मातृत्व’ को लागि काम गरिरहेका संस्थाहरू, कति स्त्रीरोग विज्ञ, बालबालिकाको अधिकारको लागि लड्ने संस्थाले गर्भपतनलाई कानुनी मान्यता दिन हुन्न” भनेका थिए ।

तर हामीले असुरक्षित तरिकाले महिलाले गर्भपतन गरेपछि मृगौलामा समेत संक्रमण भएर तड्पी तड्पी मरेको देखेका हुँनाले, बालबालिका अनाथ भएको देखेको हुनाले ‘सुरक्षित गर्भपतन’ लाई मान्यता पाउनुपर्छ भनेर आवाज उठायौं । हामीले त अगाडि नै ‘क्रान्ति’ गरेको रहेछौं ।
२००२ मा सदनले सुरक्षित गर्भपतनलाई मान्यता दिएपछि असुरक्षित तरिकाले गर्भपतन गरेर मर्ने महिलाको संख्यामा कमि त आएको छ, तर अझै महिलाहरू कतै कतै मरिरहेका छन् ।

नेपाली महिलाको स्वास्थ्यको रक्षाको लागि कमै मात्र राजनीतिक नेताले साथ दिएका थिए । तर जब आफ्नो ‘स्वास्थ्य सिद्ध गर्न’ नेतालाई महिलाको जरुरत पर्छ । उनीहरू भन्छन् “उठ उठ, गाउँबाट उठ, बस्ती बस्ती बाट उठ हामीलाई सांसद बनाउन, मन्त्री बनाउन तिमीहरू सडकबाट उठ” । मेरो प्रश्न ती नेतालाई म किन उठुँ, तिम्रो नाति, छोरा, छोरी, बुहारीलाई उठाउ । आफ्ना अयोग्य छोरी र बुहारीलाई ‘पद’ सुम्पिने तिमीहरूको लागि म सडकमा आउँदिन ,
म किन उठु भ्रष्टको लागि ?।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ