जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबैलाई एकतावद्ध हुन माधव नेपालको आह्वान



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको आरोप लगाएका छन् ।

मंगलबार प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनतालाई सुख कम र दुःख बढी दिएको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नभएको भन्दै उनले अर्काको खिसीट्युरी गर्ने, सल्लाह तथा सामूहिकतामा विश्वास नगर्ने निरंकुश चरित्र रहेको बताए । प्रतिनिधिसभा विघटनको कदम आफूहरुलाई स्वीकार नभएको अध्यक्ष नेपालले बताए ।

प्रधानमन्त्रीले पार्टीको निर्णय समेत नमानेको कारण पार्टी अध्यक्षबाट हटाएको तर सुध्रिने कि भनि हालसम्म पार्टी सदस्यबाट भने कारबाही नगरिएको उनले बताए ।

केपी प्रवृत्तिको नास गराउनुपर्ने बेला आएको भन्दै उनले यसका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकार कामचलाउ हुने भएपनि सरकारले हालसम्म कामचलाउ भएको घोषणा नगरेको उनको भनाइ थियो । ओली पक्षले विभिन्न लोभ, लालचमा मानिसहरु तान्ने प्रयास गरेको भएपनि बालुवाटारको गुटको भेला भएको र आफूहरु आधिकारीक रहेको दाबी गरे ।

उनले इतिहासको पांग्रा पछाडि धकेल्न खोजिएको भन्दै नेपालको इतिहास पछाडि जान नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ