स्वबोधः चिनियाँ दार्शनिक प्रवृत्ति



डा. गोविन्दशरण उपाध्याय ।
चिनियाँ स्वकेन्द्र र पाश्चात्य व्यक्तिवादी चिन्तनमा धेरै फरक छ । चिनियाँ दार्शनिक चेतनाको स्रोत व्यक्ति अवश्य हो तर तर ऊ स्वार्थी छैन । चिनियाँ दार्शनिक चेतनाको निर्धारण निज व्यक्ति जन्मेको, हुर्केको, सिकेको, भोगेको र सम्बन्धहरूका आधारमा निर्धारित हुन्छ । सम्बन्ध र वातावरणले व्यक्तिको व्यक्तिगत मूल्य, चिन्तन प्रणाली, विश्वास, अभिप्रेरणा, व्यबहार र कर्म निर्धारित गर्छ । आत्मवोधको स्रोत सम्बन्धित व्यक्तिले निर्वाह गर्ने जीवन जगतसंगको सम्बन्ध र निज व्यक्तिसँग दोस्रो व्यक्तिले निर्वाह गर्ने सम्बन्धले निर्धारित गर्छ । प्राकृतिक पारिस्थितिकी मान्छेको हातमा हुँदैन तर सम्बन्धका माध्यमबाट निर्मित हुने पारिस्थितिकी व्यक्तिगत र सामाजिक दूवै अर्थमा प्रभावकारी हुन्छ । यहाँ प्राचीन चिनियाँ दार्शनिक चेतना आधुनिक विकासवादी मनोविज्ञानका मान्यताहरूसंग निकै निकट देखिन्छ, आधुनिक जीवविज्ञानको पक्षपोषण गर्छ । प्राचीन भारतवर्षीय दार्शनिक चिन्तन र प्राचीन ग्रीकेली दार्शनिक चिन्तन भन्दा चिनियाँ स्वःबोध बढी प्राकृतिक तथा सन्तुलित छ ।

प्राचीन कन्फ्युसियस साहित्य र दाओवादी साहित्यहरूको अनुशीलन गर्दा व्यक्तिको स्वःबोध सर्वोच्च शुभ (दाओ)को दायित्व सम्राटहरुको हो । जसले शासन गर्छ ऊ बढी उत्तरदायी हुन्छ । सामान्य व्यक्तिहरूको उत्तरदायित्व सामान्य हुन्छ भने असामान्य व्यक्तिहरूको उत्तरदायित्व बृहत्तर हुन्छ । दाओडेजिंग र झूवान्ज़ी नामक प्राचीन चिनियाशास्त्रहरूले भौतिक व्यक्ति र स्वर्गको सम्बन्ध तथा त्यस्तो सम्बन्धका आधारमा उपस्थित पारिस्थितिकीले व्यक्तिको उत्तरदायित्व निर्धारित हुने र आप्त उत्तरदायित्वको बहनमा अग्रसरताले व्यक्तिको व्यक्तिगत स्वबोधको स्तर निर्धारित हुन्छ । वैदिक धारमा यस्तो स्वबोधलाई आध्यात्मिक अनुभूतिका रूपमा प्रस्तुत गरिएको छ भने चिनियाँ दर्शनमा स्वबोध सम्बन्ध र पारिस्थितिकीका माध्यमबाट प्राप्त हुने अवस्था हो । असलमा चिनिया दार्शनिकहरूले असल सम्बन्धलाई सुखी जीवनको केन्द्र हुन्छ भन्ने चिन्तनलाई बढी महत्व दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११