संसद विघटनबिरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको कदमबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । प्रवक्ता शर्माका अनुसार आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक एवं अलोकतान्त्रिक भएको भन्दै आन्दोलनका बिषयमाा पार्टीभित्र कुनै विवाद नरहेको बताए ।

उनले आन्दोलनका बिषयमा पार्टीसभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुनै मतभिन्नता नरहेको पनि स्पष्ट पारे । कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा देशभर कार्यक्रम गर्ने यसअघि नै तय गरिसकेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ