विश्वमा एकैदिन करिव १३ हजार कोरोना संक्रमितको मृत्यु
विश्वमा पाँच करोड ५० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ५० लाख ८४ हजार ९१७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड ८३ लाख ३३ हजार ९९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७ लाख २२ हजार ५७२ जना पुगेको छ ।
हाल विश्वभर २ करोड १५ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८८ लाख ७१ हजार ८६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ९ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड ९९ हजार ३०३ पुगेको छ । संक्रमितमध्ये एक लाख ४६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९६ लाख ६२ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७३ लाख २० हजार नाघेको छ भने १ लाख ८८ हजार २८५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६३ लाख ५४ हजार भन्दा बढी निको भएका छन् ।